मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण « Khabarhub

मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्यपूर्वमा युद्धको ज्वाला थप दन्किएको छ । इरानले इजरायल र अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै नयाँ चरणको शक्तिशाली आक्रमण सुरु गरेपछि यस क्षेत्रको सुरक्षा अवस्था निकै नाजुक बनेको छ ।

पछिल्लो केही घण्टामा इरानले इजरायली र अमेरिकी लक्ष्यहरूमाथि आक्रमण गरेको हो । फ्रान्सेली समाचार एजेन्सी (एएफपी) का अनुसार इरानी सरकारी सञ्चारमाध्यमले यस पटकको आक्रमण द्वन्द्व सुरु भएयताकै ठूलाे भएको दाबी गरेका छन् ।

इजरायलले आफ्नो आकाशमा इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र पहिचान गरेको पुष्टि गरेको छ । यद्यपि, केही समयपछि इजरायली सेनाले नागरिकलाई बमबारीबाट बच्न बनाइएका सुरक्षित सेल्टरबाट बाहिर निस्कन सुरक्षित रहेको जानकारी दिएको थियो ।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले इरानका १६ वटा खानी बिछ्याउने पानीजहाजलाई ध्वस्त पारिदिएको दाबी गरेको छ । इरानको यो कदमले सामुद्रिक मार्गमा ठुलो अवरोध सिर्जना गर्न सक्ने भन्दै अमेरिकाले जवाफी कारबाही गरेको हो ।

द्वन्द्वको राप अन्य छिमेकी मुलुकसम्म पनि फैलिएको छ । साउदी अरबले आफ्नो तेल खानीतर्फ लक्षित गरी पठाइएका दुईवटा ड्रोनलाई बीचैमा नष्ट गरिदिएको जनाएको छ । यस्तै, अमेरिकी जलसेनाको पाँचौँ बेडको मुख्यालय रहेको बहराइनमा पनि सम्भावित आक्रमणको खतरालाई लिएर साइरन बजाइएको छ ।

इरान र इजरायलबीचको यो प्रत्यक्ष टकरावले विश्व राजनीति र अर्थतन्त्रमै नयाँ चुनौती थप्ने देखिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ११ : १३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली