इरानमाथि आक्रमण गर्दा अमेरिकालाई क्षति, ७ सैनिकको मृत्यु, १४० जना घाइते « Khabarhub

इरानमाथि आक्रमण गर्दा अमेरिकालाई क्षति, ७ सैनिकको मृत्यु, १४० जना घाइते


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपरेको बुधबार १२औँ दिनमा पुगेको छ। यस युद्धमा अहिलेसम्म १४० अमेरिकी सैनिक घाइते भएका छन् । ७ सैनिकको मृत्यु भएको पुष्टि भएको छ।

उता इरानले आफ्नो देशमा भएका आक्रमणबाट करिब ८ हजार घरमा क्षति पुगेको जनाएको छ। अहिलेसम्म यी दुई देशले १३०० भन्दा बढी मानिसको ज्यान लिइसकेको इरानको दाबी छ ।

संयुक्त राष्ट्रसंघमा इरानका राजदूत अमिर सइ इरावानीका अनुसार देशभर करिब ९६०० नागरिक क्षेत्रलाई निशाना बनाइएको छ। तीमध्ये घरबाहेक बजार, अस्पताल, औषधि केन्द्र र विद्यालय पनि रहेका छन्।

यसैबीच इरानले इजरायलका धेरै सहरमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। इरानका अनुसार हाइफा, जेरुशेलम र तेल अवीवलाई निशाना बनाइएको थियो।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : २८ बजे

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको