खाडी देशहरूले थाले सम्भावित आणविक विपत्तिबाट जोगिने तयारी « Khabarhub

खाडी देशहरूले थाले सम्भावित आणविक विपत्तिबाट जोगिने तयारी


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

दुबई- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपेरको असर समग्र खाडी देशहरूमा परेको छ। इरानविरुद्धको युद्ध २ दिनमा टुंग्याउने जिकिरसहित हमला गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्यायहू अहिले संकटमा छन् ।

युद्ध लम्बिँदै ११ औँ दिनमा पुगिसकेपछि खाडी राष्टहरूमा सम्भावित आणविक विपत्तिले पिरोलेको छ। अमेरिकाले तेहरामा आणविक हतियार प्रयोग गर्ने चर्चाबीच खाडी देशले त्यसबाट जोगिन तयारी सुरू गरेका छन्।

यही कारण बहराइनको एक एजेन्सीले भारतको चण्डीगढस्थित एक औषधि कम्पनीसँग सम्पर्क गरेर आणविक प्रतिरोधि सामान मागेको हो ।

एजेन्सीले कम्पनीसँग आणविक आपतकालमा प्रयोग हुने ‘प्रुशियन ब्लू’ क्याप्सुल ठूलो मात्रामा उत्पादन गर्न सकिने नसकिने अवस्थाबारे सोधेको छ। जानकारीअनुसार करिब १ करोड क्याप्सुल उत्पादन गर्ने क्षमता भए नभएको जानकारी उसले भारतीय कम्पनीसँँग मागेको हो ।

यसका साथै विभिन्न उमेर समूहका मानिसलाई यसको कति मात्रा दिनुपर्छ भन्नेबारे जानकारी पनि उक्त एजेन्सीले मागेको छ।

यो औषधिले शरीरमा पुगेका रेडियोएक्टिभ (रेडिएसनयुक्त) तत्वहरूको प्रभाव कम गर्न मद्दत गर्छ। यस्ता तत्व शरीरमा पुगेमा यस क्याप्सुलले तिनीहरूलाई आन्द्रामा बाँधेर दिसामार्फत बाहिर निकाल्न सहयोग गर्छ।

पहिले यो औषधि मुख्यतः अमेरिका र युरोपमा उत्पादन हुन्थ्यो । तर भारतमा यसको व्यावसायिक उत्पादन करिब दुई वर्षअघि मात्रै सुरु भएको हो।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : ४० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग