एलजी नेपालले घोषणा गर्‍यो गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर « Khabarhub

एलजी नेपालले घोषणा गर्‍यो गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ ।

यस पहलमार्फत एलजीका ग्राहकहरूले आफ्ना एयर कन्डिसनरहरू प्रशिक्षित प्राविधिकद्वारा कुनै पनि सेवा शुल्क बिना निरीक्षण तथा मर्मत गराउन सक्नेछन्।   

कम्पनीका अनुसार यस सेवा शिविरमा ग्राहकहरूका लागि थप विभिन्न लाभहरू पनि उपलब्ध छन् । ग्राहकहरूले स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिद गर्दा २० प्रतिशत छुट, साथै ४ हजार रुपैयाँबराबरको निःशुल्क इन्स्टलेसन सुविधा पाउन सक्छन् । साथै, पुरानो एसी साटेर नयाँ मोडेलमा अपग्रेड गर्ने एसी एक्सचेन्जमा ५० प्रतिशतसम्म अतिरिक्त मूल्याङ्कन पाउन सकिनेछ ।

सेवा शिविरमा सहभागी हुने ग्राहकहरूले ३ हजार रुपैयाँ बराबरका दुईवटा सेवा कुपन पनि प्राप्त गर्नेछन्, जुन छ महिनासम्म मान्य हुनेछ ।  

अपग्रेड प्रक्रियालाई अझ सहज बनाउन, एलजी र सीजीले सीजीएक्स एलेक्समार्फत सजिलो ईएमआई सुविधा पनि उपलब्ध गराइरहेका छन्, जसले ग्राहकहरूलाई लचिलो भुक्तानी योजनासहित नयाँ एसीखरिद गर्न सहयोग गर्नेछ।

निःशुल्क एसी सेवा शिविरको सुविधा लिन ग्राहकले सिजी केयर आधिकारिक क्युआरकोड स्क्यान गरेर वा सेवा हटलाइन १६६-००-१००-२११ वा ०१-५९७०२११ मा सम्पर्क गरेर दर्ता गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : ५५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको