सबैको सहयोग र सहकार्यबाट निर्वाचन सम्पन्न भयो : कानुनमन्त्री « Khabarhub

सबैको सहयोग र सहकार्यबाट निर्वाचन सम्पन्न भयो : कानुनमन्त्री


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताएका छन् । 

२८ औँ अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले शान्तिपूर्वक र सुरक्षित रुपमा निर्वाचन गराउने सरकारको लक्ष्य सबैको सहयोग र सहकार्यका कारण पुरा भएको बताएका हुन् ।

आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर नयाँ सोचका साथ मुलुकलाई अघि बढाउन समेत आवश्यक कानुन निर्माणमा आफूले ध्यान केन्द्रित गरेको उनले बताए ।

मन्त्री सिन्हाले आगामी दिनमा आफू सरकारबाट बाहिर रहे पनि कानुन निर्माणका विषयका आफ्नो सदैव सहयोग हुने प्रतिबद्धता जनाए ।

त्यस्तै उनले समाजमा हुने गरेको नकारात्मक टिप्पणीलाई अन्त्य गर्न शिक्षाको माध्यमबाट र सचेतनाको माध्यमबाट काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिका लागि राज्यले गर्नुपर्ने काम प्रभावकारी रुपमा हुन नसकेको धारणा राखे । हरेक बर्ष मार्च ११ तारिखका दिन विश्वभरका कुष्ठरोग प्रभावित व्यक्तिहरूले जीवनमा नवीन ऊर्जा र आत्मविश्वासका साथ आफ्नो हक–हित, अधिकार, सम्मान र सह–अस्तित्वका लागि आफैले आवाज उठाएको दिनको रुपमा अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस मनाइने गरिन्छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : ४१ बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा