गुल्मीको भार्सेमा कम्प्युटर प्रयोगशाला स्थापना « Khabarhub

गुल्मीको भार्सेमा कम्प्युटर प्रयोगशाला स्थापना

२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट

33
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सैद्धान्तिक अध्ययनमा सीमित भइरहेको समयमा यहाँको एक विद्यालयमा भने परदेशी दाताहरूको सहयोगमा कम्प्युटर प्रयागेशाला स्थापना गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका-८ भार्सेमा रहेको जनसहयोग माध्यमिक विद्यालयमा कम्प्युटसहितको प्रयोगशाला स्थापना गरिएको हो । 

कम्प्युटर प्रयोगशाला स्थापनाका लागि स्थानीय समाजसेवी नरू बुढाथोकीको अगुवाइमा विदेशमा बसोबास गर्ने स्थानीयबाट सात लाख रकम संकलन गरिएको थियो । उक्त रकमबाट २० थान कम्प्युटर खरिद गरी प्रयोगशाला सञ्चालन गरिएको बुढाथोकीले जानकारी दिए ।

‘विद्यार्थी पलायन रोक्ने र गाउँमै प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले हामीले अभियान सञ्चालन गरेका थियौँ, अहिले विद्यालयमा ल्याब सञ्चालनपछि विद्यार्थी पनि निकै उत्साहित बनेका छन्’, उनले भने। 
    
तीव्र बसाइँसराइका कारण हाल १०९ जना विद्यार्थीमा मात्र सीमित उक्त विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको विद्यालय प्रशासनले जनाएको छ । 

विद्यालयका प्रधानाध्यापक लोकहरि पाण्डेले दाताहरूको सहयोगमा कम्प्युटर, नेटवर्किङ, सिसिटिभी जडान तथा कम्प्युटर शिक्षकको व्यवस्था गरिएको बताए। 

‘विद्यार्थीलाई प्रयोगात्मक सिकाइमा जोड्नका लागि कम्प्युटर शिक्षा निकै प्रभावकारी बनेको छ, यसमा विद्यार्थीहरूलाई पनि थप प्रोत्साहित र आकर्षित बनाएको छ’, उनले भने।
     
ल्याब स्थापना अभियानमा अवकाश प्राप्त ब्रिटिस आर्मीका लेफ्टिनेन्ट तथा हाल हङकङ निवासी कुलबहादुर बुढाथोकीको मुख्य भूमिका रहेको छ । प्रविधिसँग जोडिएको शिक्षा वर्तमान आवश्यकता भएको बताउँदै बुढाथोकीले गाउँको विद्यालयका लागि आफूहरूले सक्दो सहयोग गरेको उल्लेख गरे। 

‘वर्तमान अवस्थामा गाउँमा गुणस्तरीय शिक्षाको आवश्यक छ, त्यसका लागि प्रविधिको पनि ज्ञान हुनु अनिवार्य हुन्छ भन्ने मान्यतालाई आत्मसात् गरेर सहयोग गरेका हौँ’, उनले भने।

कम्प्युटर कक्षामा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा कम्प्युटर चलाउन पाउँदा आफूहरू निकै उत्साहित भएको बताएका छन् । कम्प्युटर सिकिरहेका कक्षा ६ की विद्यार्थी विनिता नेपालीले सानै कक्षाबाट विद्यालयमा कम्प्युटर सिक्न पाउँदा खुसी लागेको भन्दै यसले आफ्नो अध्ययनमा पनि निकै सहज बनाएको बताइन्  । 
    
विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई पालैपालो प्रयोगात्मक सिकाइमा सहभागी गराइएको छ । भार्से जनसहयोग माध्यमिक विद्यालय जिल्लाकै सबैभन्दा पुरानो विद्यालयअन्तर्गत पर्दछ । उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू जनजाति समुदायका रहेका छन् ।
 गुल्मीको भार्सेमा दाताको सहयोगमा कम्प्युटर प्रयोगशाला स्थापना

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : ५३ बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा