मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला « Khabarhub

मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले कतार, कुवेत र इराकमा रहेका अमेरिकी सैन्य ठेगानामाथि मिसाइल हमला गरेको दाबी गरेको छ।

आईआरजीसीले सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा कतारको अल उदेइद एयर बेस, कुवेतको क्याम्पआरिफजान र इराकको हरिर एयर बेसलाई निशाना बनाइएको जनाएको छ।

इरानको सरकारी समाचार एजेन्सी इरान स्टुडेन्टस न्युज एजेन्सीका अनुसार यो ‘ठूलो स्तरमा गरिएको हमला’ हो। रिपोर्टमा यस क्रममा क्षेत्रमा तैनाथ अमेरिकी नौसेनाको  युनाइटेड स्टेट फिप्थ फ्लीटलाई पनि निशाना बनाइएको उल्लेख गरिएको छ।

आईआरजीसीले यस कारबाहीबाट अमेरिकी सेनाको अपरेशनल संरचनामा क्षति पुगेको दाबी गरेको छ। तर यी हमलाबारे अमेरिकी अधिकारीहरूको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १ : २९ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले