समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग « Khabarhub

समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । 

बुधबार समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनले सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन संकलन गर्ने काम भइरहेको र त्यसलगत्तै समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या यकिन गरेर उम्मेदवार सिफारिस गर्नको लागि सम्बन्धित दललाई पत्राचार गरिने बताए ।

समानुपातिक तर्फ रास्वपाले करिव साढे ५१ लाख मत प्राप्त गरेको छ, त्यस्तै कांग्रेसले साढे १७ लाख, एमालेले साढे १४ लाख, नेकपाले ८ लाख मत प्राप्त गर्दा श्रम संस्कृति पार्टी र राप्रपाले थ्रेस होल्ड कटाउन सफल भएको छ ।

दलहरूबाट प्राप्त उम्मेदवार सिफारिस रुजु गरेर समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूची तय गरिने आयोगका प्रवक्ता भट्टराईले बताए । त्यस्तै उनले निर्वाचनका सबै काम अन्तिम चरणमा पुगेकाले आयोगमा स्थापना गरिएका अतिरिक्त संरचनाहरू बन्द गरिएको जानकारी दिए ।

अतिरिक्त संरचनाहरूमा काम गरेका कर्मचारीहरूलाई आयोगले सम्बन्धित कार्यालयमा फिर्ता गरिएको उनले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  २ : ३९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली