एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना « Khabarhub

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले जेसीबी थ्रिडीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ। 

ग्राहकको विश्वास अझ सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत नयाँ जेसीबी थ्रिडीएक्स सुपर खरिद गर्ने ग्राहकले एमएडब्ल्यू जेसीबीका अधिकृत डिलरमार्फत मेसिन खरिद गरेको ४ वर्ष वा ८,००० अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य प्राप्त गर्न सक्नेछन् । तोकिएका सञ्चालन तथा नियमित मर्मत सम्भारका सर्तहरू पूरा भएको अवस्थामा, प्रयोग गरिसकेपछि पनि मेसिनलाई मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ प्राप्त हुनेछ ।  

एमएडब्ल्यू अर्थमुभर्सका एक प्रतिनिधिले भने, ‘निर्माण क्षेत्रमा गरिने हरेक लगानीबाट भरपर्दो उपकरण र दीर्घकालीन मूल्य अपेक्षा गरिन्छ । ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सुरु गरेर हामी ग्राहकहरूलाई उनीहरूको खरिद निर्णयप्रति अझ विश्वस्त बनाउने र जेसीबी मेसिनहरूले दिने प्रदर्शन तथा पुनः बिक्री मूल्यप्रतिको भरोसालाई थप मजबुत बनाउने विश्वास लिएका छौँ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ३ : ४८ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६