हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल « Khabarhub

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिए ।

‘श्रम संस्कृति पार्टी’ नाम राखेर उनले निवेदन दिएका थिए । त्यही पार्टी आयोगबाट प्रमाण पत्र पाएको पाँच महिनाभित्रै राष्ट्रिय दलमा परिणत भएको छ।

निर्वाचन आयोगले कात्तिक १६ गते पार्टी दर्ता गरी हर्कलाई आधिकारिक प्रमाणपत्र प्रदान गरेको थियो। पार्टीको चुनाव चिह्न ‘माटो’ राखिएको थियो ।

उनै साम्पाङ २०६४ देखि नै धरानको खानेपानी व्यवस्थापन, भ्रष्टाचार र नागरिक सहभागितामा केन्द्रित अभियन्ता थिए।

उनले दल गठनको प्रारम्भिक संरचनामा २८ केन्द्रीय सदस्य र पाँच पदाधिकारी राखे । त्यसबेला साम्पाङले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिए।

त्यसबेला पार्टीमा २८ केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी तोकिए। साम्पाङ अध्यक्ष रहेको पार्टीको देवराज लामा, महासचिवमा आरेन राई, कोषाध्यक्ष समिता राई थिए। प्रवक्तामा अरुण गुरुङ तोकिए।

२०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चुनाव चिह्न लिएर धरानको मेयर निर्वाचित भएपछि उनले श्रमदान अभियान नै चलाए । उनलाई समर्थकहरू अहिले श्रमपिताका रुपमा पुकार्छन् ।

उनले मेयर हुँदा उपमहानगरको कार्यालयमा भन्दा खोला, खोल्सा र सडकमा ढुङ्गा बोक्ने, नाली सफा गर्ने काम गरे । काकाकुल सहर धरानमा कयौँ किलोमिटर परको कोकाहा खोलाबाट पानी ल्याउने अभियान पनि सफल बनाए । यस अभियानले उनलाई स्थानीय समुदायमा लोकप्रिय बनायो।

भदौ २३–२४ को ‘जेन-जी आन्दोलन’पछि साम्पाङ अन्तरिम सरकारको मन्त्री बन्न काठमाडौं आएका थिए। तर त्यसबेला उनलाई काठमाडौं महानगरका मेयर बालेन्द्र साहले मन्त्री बन्न नदिएको उनै बताउँछन् ।

त्यसपछि धरान फर्किएका उनले दल खोल्ने योजना बनाए । धरानको मेयर हुँदा दलका प्रतिनिधिसँग कहिल्यै मन मिलाउन नसकेका उनले माघ ४ गते मेयर पदबाट राजीनामा दिएर नयाँ दलको अभियानमा होमिए ।

पार्टी अभियान र लोकप्रियता

साम्पाङको लोकप्रियता केवल धरानमा सीमित थिएन। पूर्वी पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङसम्म उनको पार्टी फैलियो ।

उनका कार्यक्रमहरूमा मानिसको सहभागिता सामान्य राजनीतिक कार्यक्रमभन्दा धेरै बढी देखिन्थ्यो। उनी जहाँ पुग्थे, त्यहाँ पाँचौँ हजार मानिस ओइरिन्थे । त्यो संख्याले यस चुनावमा ठूला दललाई धक्का दिने अनुमान थियो । नभन्दै त्यस्तै दृश्य पनि देखियो । तर तीन सिट मात्रै जितेको हर्कको दलले पूर्वीपहाडमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोकिदियो ।

साम्पाङले सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष संवाद र नागरिक सहभागितालाई प्राथमिकता दिएका छन्। भ्रष्टाचारविरुद्ध आवाज उठाउने शैली, सामान्य जीवनशैली र श्रमदान अभियानले उनलाई अभियानकर्ताबाट नेता बनाएको छ।

पहाडी जिल्लामा हर्कको लोकप्रियताले ठूला दलहरूको संगठनलाई हल्लाइदिएको छ। चुनावी अभियानका क्रममा अन्य दलका सदस्यहरू पनि हर्कलाई हेर्न र सुन्न जान्थे । यसले साम्पाङको प्रभाव केवल धरान वा तराईमा सीमित नभएर पहाडका धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङमा विस्तार भएको पुष्टि यस निर्वाचनले गरेको छ।

यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ गुमाएका जिल्लामा समानुपातिकतर्फ श्रम संस्कृतिले पहिलो मत पाएको छ। पुराना दलहरूको संगठनका लागि चुनौती बनेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार मतदाता पुराना दलमा मात्रै सीमित नभई नयाँ विकल्प खोजीमा रहेका पुष्टि गरेको छ ।

प्रत्यक्षमा सफलता

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । यो पार्टीबाट सुनसरी-१ मा पार्टी अध्यक्ष हर्कराज राई विजयी भएका छन् । उनले ३४ हजार ७४१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७,२४९ मत ल्याइन् ।

तामाङ २०७९ को निर्वाचनमा नेकपा नेता अशोक राईसँग ४४६ मतले पराजित भएकी थिइन् । यस्तै २०७९ को निर्वाचनमा माओवादी केन्द्रका नेता सुदन किरातीले जितेको क्षेत्र भोजपुरबाट पनि धुर्वराज राईले संघ संस्कृति पार्टीबाट विजयी भएका छन्।

उनले नेकपा एमालेका सचिव शेरधन राईलाई पराजित गरेका हुन् । ध्रुवले १६,६६३ मत ल्याउँदा शेरधनले १४,७५० मत ल्याए । यस्तै कोशी प्रदेशबाट नै श्रम संस्कृति पार्टीबाट आरेन राई विजयी भएका छन् ।

खोटाङबाट आरेन राईले १६,६१२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका देवविक्रम राईले १२७१४ मत ल्याए । आरेन युवा उम्मेदवार हुन्। कोशीबाट हर्क साम्पाङको पार्टीले उत्साहजनक नतिजा ल्याएको छ।

समानुपातिकमा पनि श्रम संस्कृतिले आफ्नो मत बढाएर राष्ट्रिय दल भएको छ । देशभरका १६५ औँ निर्वाचन क्षेत्रमध्ये यो पार्टीले १०९ क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको थियो।

समानुपातिक मत

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले ३ लाख ८५,७४८ मत (३.५८प्रतिशत) प्राप्त गर्यो। प्रत्यक्ष ३ र समानुपातिक ४ सिटसहित पार्टी संसद्को पाँचौं ठूलो दल बनेको छ।

चार महिनाभित्रै राष्ट्रिय दलको रूपमा उदाएको श्रम संस्कृति पार्टीले पहिलो चुनावमै संसदमा ७ सिट प्राप्त गरेर प्रभाव कायम गरेको छ।

हर्क साम्पाङले स्थानीय स्तरको श्रम र नागरिक सहभागिताको ढाँचा अब राष्ट्रियस्तरमा विस्तार गर्ने लक्ष्य राखेका छन्। पार्टीको द्रूत उदय, युवा नेतृत्व र जनसहभागिता उनलाई देशको राजनीतिक परिदृश्यमा नयाँ शक्ति बनाइरहेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ४ : ०४ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा