विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय « Khabarhub

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा भएको कांग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरुबीचको छलफलले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

राष्ट्रियसभामा ठूलो दलको हैसियतले रचनात्मक भूमिका रहने उनले बताए । उनले नयाँ परिस्थितिमा जिम्मेवारी पनि नयाँ ढङ्गले थपिएको भन्दै राष्ट्रको हितमा, जनताको भावना अनुरूप अरूभन्दा सक्रिय जागरूकता र विशेष जिम्मेवारीका साथ काम गरेर अघि बढ्ने उल्लेख गरे ।

प्रतिनिधिसभा निर्वाचनको नजिता अप्रत्याशित देखिएको भन्दै पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्ष निकाल्ने उनको भनाइ छ । सिटौलाले पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर अगाडि जाने बाटो खोज्नुपर्नेमा जोड दिए । 

त्यस्तै छलफलपछि कांग्रेसका नेता जीतजंग बस्नेतले विशेष महाधिवेशनको कारणले पार्टीले पराजय बेहोर्नुपरेको भन्दै सभापतिले राजीनामा दिनुपर्ने बताए । 

बस्नेतले आफ्नो राजीनामाको विषयमा सभापति गगन थापाले मिडिया ट्रायल गरेको आरोप समेत लगाए । विशेष महाधिवेशनको औचित्य समाप्त भएकाले नियमित महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ । 

नेता बस्नेतले जनताले दिएको म्याण्डेड स्वीकार्य रहेको र अव आगामी दिनमा राम्रो काम गर्दै जानुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ५ : १५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली