विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय « Khabarhub

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा भएको कांग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरुबीचको छलफलले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

राष्ट्रियसभामा ठूलो दलको हैसियतले रचनात्मक भूमिका रहने उनले बताए । उनले नयाँ परिस्थितिमा जिम्मेवारी पनि नयाँ ढङ्गले थपिएको भन्दै राष्ट्रको हितमा, जनताको भावना अनुरूप अरूभन्दा सक्रिय जागरूकता र विशेष जिम्मेवारीका साथ काम गरेर अघि बढ्ने उल्लेख गरे ।

प्रतिनिधिसभा निर्वाचनको नजिता अप्रत्याशित देखिएको भन्दै पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्ष निकाल्ने उनको भनाइ छ । सिटौलाले पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर अगाडि जाने बाटो खोज्नुपर्नेमा जोड दिए । 

त्यस्तै छलफलपछि कांग्रेसका नेता जीतजंग बस्नेतले विशेष महाधिवेशनको कारणले पार्टीले पराजय बेहोर्नुपरेको भन्दै सभापतिले राजीनामा दिनुपर्ने बताए । 

बस्नेतले आफ्नो राजीनामाको विषयमा सभापति गगन थापाले मिडिया ट्रायल गरेको आरोप समेत लगाए । विशेष महाधिवेशनको औचित्य समाप्त भएकाले नियमित महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ । 

नेता बस्नेतले जनताले दिएको म्याण्डेड स्वीकार्य रहेको र अव आगामी दिनमा राम्रो काम गर्दै जानुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ५ : १५ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र