युद्धले घेरिँदै अमेरिका : इजरायलबाट स्पेनी राजदूत फिर्ता, विद्यालयमा बम आक्रमणको इटालीद्वारा आलोचना « Khabarhub

युद्धले घेरिँदै अमेरिका : इजरायलबाट स्पेनी राजदूत फिर्ता, विद्यालयमा बम आक्रमणको इटालीद्वारा आलोचना


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड- स्पेनले औपचारिक रूपमा इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ। यससँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ चिसिएको संकेत देखिएको छ।

यो निर्णय बुधबार प्रकाशित स्पेनको आधिकारिक राजपत्रमा उल्लेख गरिएको छ। यसअघि सरकारद्वारा स्वीकृत गरिएको उक्त निर्णयअनुसार अब तेल अभिभस्थित स्पेनको दूतावास ‘चार्ज द’अफेयर’को नेतृत्वमा सञ्चालन हुनेछ।

गत सेप्टेम्बरमा दुवै देशबीच तनाव बढेपछि म्याड्रिडले आफ्नो राजदूत फिर्ता बोलाएको थियो।

इजरायलले गाजामा मच्चाए नरसंहारको आलोचना गर्दै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले केही कदम चाल्ने घोषणा गरेका थिए ।

त्यसपछि इजरायलका विदेशमन्त्री साएरले त्यसको आलोचना गरेका थिए। त्यसपछि विवाद चर्किएको हो। पछिल्लो समय स्पेनले अमेरिकी फाइटर जेट आफ्नो बेसमा बस्न नदिने निर्णय गरेको छ।

त्यसका कारण अमेरिका र स्पेनबीच पनि तनाव बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रुद्ध हुँदै स्पेनसँग आर्थिक सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।

उता इरानमा विद्यालयमाथि मिसाइल आक्रमणको इटालीले निन्दा गरेको छ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले इरानको मीनाब सहरमा प्राथमिक विद्यालयमाथि भएको मिसाइल आक्रमणको कडा निन्दा गरेकी छन्।

उक्त आक्रमणमा कम्तीमा १७० जनाको मृत्यु भएको बताइएको छ, जसमा अधिकांश ७ देखि १२ वर्ष उमेरका छात्रा रहेका छन्।

इटालीको सिनेटमा सम्बोधन गर्दै मेलोनीले मीनाबको विद्यालयमा भएका बालिकाको नरसंहारको कडा शब्दमा निन्दा गरिन्।

उनले घटनाका जिम्मेवार व्यक्तिहरूको पहिचान छिट्टै गरी उनीहरूलाई कानुनी कठघरामा ल्याउनुपर्ने माग पनि गरिन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ६ : ५८ बजे

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि