बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने « Khabarhub

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन् ।

कार्यक्रमअन्तर्गत तत्काल राहतदेखि अस्थायी आवास, स्थायी पुनर्निर्माण र दीर्घकालीन जनस्वास्थ्य तयारीसम्मका कार्यक्रम सञ्चालन गरिने फाउन्डेसन र बैंकले जनाएका छन् ।

पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री, आवश्यक खोप तथा स्वास्थ्य सामग्री वितरण गरिनेछ। राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्‍याउन थालिएको छ।

स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक–एक वटा राहत शिविर स्थापना गर्ने तयारीसमेत गरिएको छ। शिविरमा प्रभावित नागरिकलाई दैनिक भोजन, स्वच्छ खानेपानी, सरसफाइ तथा अन्य आधारभूत सुविधा उपलब्ध गराइनेछ।

त्यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा र रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा बालबालिकाका लागि सुरक्षित स्थानको समेत व्यवस्था गरिने बताइएको छ।

५०० अस्थायी आवास निर्माण गरिने
बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गर्न सरकार र स्थानीय तहसँग सहकार्य गरिने भएको छ।

स्थायी पुनर्निर्माण सम्पन्न नहुँदासम्म प्रभावित परिवारलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने उद्देश्य राखिएको छ। अस्थायी आवास चौधरी फाउन्डेसनले भूकम्पपीडितका लागि प्रयोग गरेको प्रमाणित प्रविधिमा आधारित हुने जनाइएको छ।

त्यसपछि प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने योजना फाउन्डेसन र बैंकले अघि सारेका छन्।

संक्रामक रोग नियन्त्रण केन्द्र स्थापना गरिने
दीर्घकालीन कार्यक्रमअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने घोषणा गरिएको छ।

केन्द्रले रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी र अन्य विपद्पछि फैलिन सक्ने संक्रामक रोग नियन्त्रणमा संस्थागत क्षमता विकास गर्ने अपेक्षा गरिएको छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा, खाना, आवास र स्वास्थ्य सेवा सुनिश्चित गर्नु भए पनि जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित नहुने बताएका छन्।

उनले उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र जनस्वास्थ्य तयारीसम्मको यात्रामा चौधरी फाउन्डेसन र नबिल बैंक प्रतिबद्ध रहेको बताएका छन्।

राहत तथा पुनर्स्थापनाका कार्यक्रम नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँगको समन्वयमा सञ्चालन गरिने जनाइएको छ।

फाउन्डेसन र बैंकले बाढी प्रभावितको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले गरेको सक्रिय पहलप्रति आभारसमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ७ : १५ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको