लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ : मन्त्री परियार « Khabarhub

लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ : मन्त्री परियार


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कैलाली – कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदनप्रसाद परियारले प्रविधिको प्रयोगमार्फत् कृषि उत्पादनमा लागतखर्च घटाएर उत्पादन र आम्दानी बढाउन सकिने बताएका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा आज जानकी गाउँपालिका— ४ मुनुवामा आधुनिक मेसिनद्वारा चैते धान रोपाइँ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री परियारले प्रविधिको प्रयोगले कृषि उत्पादनमा लागत खर्च पनि कम हुने र बजारीकरणमा पनि सहज हुने बताए ।

“अहिले पनि कृषि परम्परागत रूपमै चलिरहँदा यसबाट लागत खर्च बढेको छ”, उनले भने, “प्रविधिको प्रयोग बढाउन सकेमा लागत खर्च कम भई उत्पादन वृद्धि गर्न सकिन्छ ।”

परियोजनाले धान रोप्ने मेसिन बिज वृद्धि किसान सहकारी संस्थालाई उपलब्ध गराएको छ । पछिल्ला वर्षमा कैलालीको जोशीपुर, भजनी, जानकी लगायतका क्षेत्रमा चैते धानखेती गरिने क्षेत्रफल विस्तार हुँदै गएको छ ।

बर्खेयाममा हुने डुवानको समस्याले डुवानको समस्या नदेखिने चैत, वैशाख र जेठ महिनामा चेतै धानखेती गर्न थालिएको स्थानीय किसानको भनाइ छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : ३२ बजे

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको