आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने « Khabarhub

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) को २०२६ संस्करण आगामी मार्च २८ देखि सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेल बेङ्गलुरुमा हुनेछ भने फाइनल पनि त्यहीँ आयोजना गरिने तय गरिएको छ।

सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा बेङ्गलुरु रोयल च्यालेन्जर्स र हैदरावाद सनराइजर्स आमनेसामने हुनेछन्। यस सिजनमा १० टोली सहभागी हुने छन् ।

प्रतियोगितामा कुल ८४ खेल खेलाइनेछन् । प्रतियोगिताको फाइनल खेल मे ३१ मा हुनेछ। उद्घाटन खेलपछि मार्च २९ मा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि मार्च ३० मा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स आमनेसामने हुने तालिका छ।

यसपटक खेल तालिका दुई चरणमा सार्वजनिक गरिएको छ । सुरुवाती केही साताका खेलहरूको तालिका मात्र सार्वजनिक गरिएको हो । भारतका केही राज्यमा हुने निर्वाचनका कारण बाँकी खेलहरूको तालिका पछि सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ९ : ०३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल