‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण « Khabarhub

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार रिपोर्ट गरेको छ ।

टाइम्सले २८ फेब्रुअरीमा भएको आक्रमणको अनुसन्धान जारी रहेको तर यसको लागि अमेरिका जिम्मेवार रहेको प्रारम्भिक निष्कर्ष आएको जनाएको हो ।

“अमेरिकी सेनाले नजिकैको इरानी बेसमा आक्रमण गर्ने क्रममा पुरानो तथ्याङ्क प्रयोग गरेर लक्ष्य समन्वय तय गरिएको कारण विद्यालय भवनमा परेको हो,” रिपोर्टमा अमेरिकी अधिकारीहरूको भनाइलाई आधार बनाउँदै लेखिएको छ।

यसै हप्ताको सुरुमा विद्यालयकाृ आक्रमणमा इरान नै जिम्मेवार हुन सक्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताउनुभएको थियो तर पछि अनुसन्धानले जे कुरा प्रकट गरे पनि आफूले सहने बताउनुभएको थियो ।

अमेरिका–इजरायलले संयुक्तरूपमा सुरू गरेको सुरुवाती आक्रमणमा इरानको दक्षिणी शहर मिनाबको प्राथमिक विद्यालयमा लागेको थियो । उक्त घटनामा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १० : १८ बजे

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका