‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि « Khabarhub

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता बिहीबारदेखि पोखरामा सुरु हुने भएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी चैत ३ गतेसम्म पोखरा रङ्गशालाको क्रिकेट मैदान र लेखनाथस्थित इडन हेभेन क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेल पोखरा रङ्गशाला क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेलमा बागलुङ र कास्की भिड्नेछन् । प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वत गरी गण्डकी प्रदेशका छ जिल्लाकाबीच प्रतिस्पर्धा हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा उत्कृष्ट २४ जना खेलाडी छनोट गरी उनीहरूलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ । प्रशिक्षण चैत ४ देखि ७ गतेसम्म पोखरा रङ्गशाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ । खेलाडीहरूको फिटनेस परीक्षण तथा अभ्यास खेलका आधारमा पिएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली छनोट गरिनेछ ।

छनोट भएका खेलाडीहरुको क्षमता मूल्याङ्कन तथा राष्ट्रियस्तरको प्रतियोगितामा मानसिक रुपमा तयार गर्न गण्डकी प्रदेशका दुई प्रसिद्ध धार्मिकस्थल ‘मुक्तिनाथ’ र ‘त्रिवेणी’ दुई टोली गठन गरी तीन वटा अभ्यास खेल खेलाइने आयोजकले जनाएको छ ।

सङ्घका अध्यक्ष सिग्देलले प्रदेशमा क्रिकेटको विकास र प्रतिभाशाली खेलाडी पहिचान गर्न छनोट प्रतियोगिता महत्वपूर्ण हुने बताए । “गण्डकी प्रदेशमा क्रिकेट खेल विकास तथा ग्रासरुट क्रिकेट विकासका लागि छनोट प्रक्रिया महत्वपूर्ण कोशेढुङ्गा हुने विश्वास लिएका छौँ”, सिग्देलले भने ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १० : ४७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल