मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि « Khabarhub

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज भट्ट र निखिल उप्रेतीको नाम शीर्षमा स्थानमा आउँछ । फेरि यी तीनै आ–आफ्नो समयका ‘मस्ट डिमान्डेड’ नायक हुन् ।

यीमध्ये पनि व्यवसायिक रुपमा सफल विराज हुन् । उनको दोस्रो निर्देशनमा बनेको ‘१२ गाउँ’ सर्वाधिक हिट फिल्मको तेस्रो स्थानमा छ ।

उक्त फिल्मबाटै विराजले आफ्नो छोरा समीरलाई डेब्यू गराए । यसैको सिक्वेल बनाउने गृहकार्यमा भट्ट छन् ।

भुवनको दोस्रो निर्देशनमा ‘बाटुलो जुन’को सुटिङ भइरहेको छ । उनको निर्देशनमा बनेको ‘ड्रिम्स’ व्यापारिकरुपमा ठीकठाक फिल्म हो । छोरा अनमालको स्टारडममा आडमा उनले फिल्म निर्देशन गरेको पाइन्छ । किनभने दुवै फिल्ममा उनका छोरा अनमोल नै नायक छन् ।

निखिलको निर्देशनमा ‘आचार्य’को सुटिङ सकियो । उनको डेब्यू निर्देशनमा बनेको ‘भैरव’ले बक्स अफिसमा कमाल भने गर्न सकेको थिएनन् ।

समयसँगै नायकको कामबाट किनारा लागेका उनीहरू निर्देशनमा होमिए ।

भुवनले अरुका लागि निर्देशन गरे पनि निखिल र विराज भने आफ्नै लागि मेकिङमा होमिएको देखिन्छ । हुन पनि उनीहरूको निर्देशनमा बनेका फिल्ममा उनीहरू नै केन्द्रीय भूमिकामा छन् ।

यहीसँग मिल्दो जुल्दो घटना नायिकाहरूको करिअरमा पनि देखिन्छ ।

केकी अधिकारी

अभिनय कररिअको दशकपछि केकी फिल्म निर्माणमा होमिइन् । उनले आफैँ शीर्ष भूमिकामा रहेने गरी फिल्म ‘बोक्सीको घर’ बनाइन् ।

डेब्यू निर्माण केकीले सफता हात पारिन् । १० करोड ग्रस कलेक्सन गर्ने उनको पहिलो फिल्म नै यही हो ।

फिल्मको व्यापार जे जस्तो भए पनि केकी डिमान्डमा रहिरहने नायिका हुन् । तर, ‘बोक्सीको घर’ हिट भएपछि उनी थप सक्रिय भएकी छन् । अहिले व्यस्त नायिकामा उनी पर्छिन् ।

केकी फेरि अर्को फिल्म ‘पेट्रोल पम्प’ निर्माणको तयारीमा छन् । केकी पनि आफ्नै लागि फिल्म बनाउने निर्मातामा पर्छिन् । बाहिरी ब्यानरका फिल्म पाउँदा पाउँदै पनि उनी आफैँ लगानीमा होमिएको देखिन्छ ।

रेखा थापा र झरना थापा

सन् २०१० रेखा थापाले १२ वटा फिल्म दिएको पाइन्छ । उनको व्यस्तताको चर्चा गर्न थप भन्नै परेन !

सन् २०१८ पछि रेखा फिल्म कम सक्रिय भएको पाइन्छ ।

तर, २०१४ मै उनले निर्देशनमा हात हालिन् । ‘हिम्मतवाली’को निर्देशक र नायिका उनी नै थिइन् ।

रेखाले अर्को फिल्म ‘मलिका’ निर्देशन गरिन्, नायिका पनि उनी नै थिइन् । यी दुवै फिल्ममा रेखाकै ब्यानरबाट बनेको हो । यी दुवै व्यापारिकरुपमा असफल भए ।

अहिले रेखा बाहिरी ब्यानरको फिल्म ‘माया भनेको यस्तो होला’ निर्देशनमा छिन् । पोस्ट प्रोडक्सनमा उनी व्यस्त छिन् ।

झरना थापाले आफ्नै निर्देशनमा बनेको फिल्मबाट छोरी सुहानालाई नायिकाका रुपमा डेब्यू गराइन् । आफ्नो हिट फिल्म ‘ए मेरो हजुर’को सिक्वेल ‘ए मेरो हजुर ३’ बाट उनले छोरीलाई डेब्यू गराएकी हुन् ।

त्यसयता झरनाको निर्देशनमा बनेको सबै फिल्ममा छोरी नायिका छिन् । उनले आफ्नै होम ब्यानरको फिल्म मात्रै निर्देशन गरेकी छन् ।

नीता ढुङ्गाना र प्रियंका कार्की

‘निर्देशनमा हात हाल्ने’ घोषणाको लामो समयपछि नीता ढुंगाना फ्लोरमा निस्किएकी छन् । यही साता उनी फिल्म ‘पार्वती’ निर्देशन गर्न सुटिङमा निस्किएकी हुन् ।

यसअघि उनले फिल्म ‘ह्रस्व दीर्घ’मा निर्माण गरेकी थिइन् ।

आफूले निर्माणको गरेको फिल्ममा पनि उनी नै शीर्ष भूमिकामा थिइन् । निर्देशन गर्न लागेको फिल्ममा पनि उनी आफैँ शीर्ष भूमिकामा छिन् ।

नीता आफ्नै लागि मेकिङमा होमिए जस्तो देखिन्छ ।

निर्देशनमा सफल

अभिनय हुँदै निर्देशनमा आएकी कलाकार हुन् दीपाश्री निरौला ।

फिल्मपछि टेलिसिरियल अभिनय पश्चात उनी मेकिङमा लागिन् ।

‘६ एकान ६’बाट उनले निर्माताका रुपमा मेकिङमा हात हालिन् । पछि ‘छक्का पञ्जा’ सिरिजबाट निर्देशनमा हात हालिन् ।

उनी सबैभन्दा बढी हिट फिल्म दिने निर्देशकको सूचीमा पर्छिन् ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ९ : २० बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको