आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२६ अप्रिल ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। भाग्यको उदय हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने समय छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : व्यापारमा अगाडि बढ्ने दिन छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनुपर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : धेरै नबोल्नु उचित हुनेछ। स्वास्थ्यले साथ दिनेछ। अप्रिय शब्द सुन्नाले खानपानमा अरुची बढ्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफन्तबाट सचेत बन्नुपर्ने समय आएको छ। परिवारको साथमा छोटो दूरीको रमाइलो यात्रा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

सिंह : दिन सामान्य छ । लगानीका क्षेत्रमा घाटा हुनेछ। मन अशान्त बन्नेछ। नयाँ लगानी नगर्नु उचित हुनेछ। परिवारमा ठुलालाई सम्मान गरेर अगाडि बढे फाइदा हुनेछ।

कन्या : परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ। दाम्पत्य जीवन सुमधुर बन्नेछ। व्यपारमा सहभागी भए फाइदा हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ।

तुला : बौद्धिक व्यक्तिसँग तर्क नगर्नु उचित हुनेछ। शिक्षामा गहन अध्ययनको खाँचो देखिन्छ। राज्यका हरेक अंगमा तपाईंको आवश्यकता देखिन्छ। मिहिनेतलाई निरन्तरता दिनुपर्ने देखिन्छ।

वृश्चिक : राम्रो काममा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा बौद्धिक टकराब हुनेछ। व्यापारमा नाफा हुनेछ ।

धनु : स्वास्थ्यमा सुधार हुनेछ। परिवारका सदस्यबाट विरोधी आवाज सुनिने भएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ ।

मकर : आज मिष्ठान्न भोजन हुने छ । आम्दानीका नयाँ स्रोत भेटिनेछन् । हरेक कामले मनमा उत्साह थपिनेछ । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। मिहिनेतको फल मिल्ने योग छ ।

कुम्भ : सानो कुराले मनमा झन्झट बढ्नेछ। स्वास्थ्य सम्बन्धी गढबढी हुने जोखिम छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। परिवारसँगको सहकार्यले मन शान्त बन्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ।

मीन : आज पारिवारिक मेलमिलाप हुनेछ । कतैको रमाइलो यात्रा हुनेछ । नयाँ कामको थालनी हुने देखिएको छ । परीक्षा लेखेको भए सफलता मिल्नेछ। गणेशको सम्झना गरेर दिनको सुरुवात गर्नुपर्ने समय छ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ५ : ५१ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख