ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग « Khabarhub

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको छ । 

परिषद्ले यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रत्यक्ष मारमा परेका उत्तरगया गाउँपालिका–१ र २ का बासिन्दालाई आज खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो ।

परिषद्का अध्यक्ष राजुमान डङ्गोलको नेतृत्वमा गएको टोलीले उत्तरगया गाउँपालिका–१ र २ का १२० घरधुरीलाई स्थानीय सरकारको समन्वयमा उक्त राहत सामग्री वितरण गरेको हो । अध्यक्ष डङ्गोलले प्रभावित परिवारलाई तत्कालको गर्जो टार्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको बताए।

परिषद्ले १२५ बोरा चामल, १५० किलोग्राम दाल, १०० लिटर तेल, १७५ किलोग्राम नुन, ५० किलोग्राम सोयाबिन, ७५ किलोग्राम चिउरा सहयोग गरेको छ । यस्तै, खाद्यान्नमा चाउचाउ, बिस्कुट तथा जुस सहयोग गरेको हो । 

यसैगरी, लत्ताकपडामा ३७० थान तयारी पोसाक (टिसर्ट, पाइन्ट, ज्याकेट, साडी), २०० जोर जुत्ता र २०० जोर चप्पल, ५२ थान सिरक, १६ थान डसना, २० थान ब्ल्यांकेट र ८५ थान सिरानी सहयोग गरेको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए ।

यस्तै, भान्छाका सामाग्रीमा १०० थान थाल, १०० थान गिलास, प्रेसर कुकर, कराई र चम्चा रहेका छन् भने स्वास्थ्य तथा सरसफाइका सामग्रीमा जीवनजल, औषधि, ब्यान्डेज, स्यानिटरी प्याड र ट्वाइलेट पेपर रहेको छ । 

पर्यटन क्षेत्रको अग्रणी संस्था ठमेल पर्यटन विकास परिषद्ले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिको समयमा सधैँ सहयोग गर्दै आएको र यसपटक पनि रसुवाका पीडितको घाउमा मलम लगाउने प्रयास गरेको जनाएको छ । 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ५ : ३१ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक