‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया « Khabarhub

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया निर्वाचित भएका छन् ।

आज सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट सफिसियन्ट कार्गो प्रालिका सञ्चालक थपलियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । 

यसैगरी, प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिब भट्ट, सचिवमा सुरेन्द्र भट्ट निर्वाचित भएका छन् ।

विसं २०५४ सालमा नेपालको ग्रामीण क्षेत्रको पर्यटन विकासका लागि स्थापना भएको भिटोफ नेपालले हालसम्म देशभरका ३२ वटा गाउँमा सामुदायिक होमस्टे मार्फत पर्यटनको विकासमा योगदान पुर्‍याएको छ । 

त्यसैगरी गाउँ पर्यटन मार्ट, सगरमाथा दिवस, रोपाईँजात्रा महोत्सव, होमस्टे तालिम जस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ५ : १४ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित