इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला « Khabarhub

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा इरानको विदेश मन्त्रालयले निकै भावुक तस्बिर सार्वजनिक गरेको छ ।

इरानी संसदका सभामुख मोहम्मद बघेर कलिबाफ र विदेशमन्त्री सइद अब्बास अराघची अमेरिकासँग शान्ति वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् ।

विदेश मन्त्रालयले उनीहरू सवार विमानको सिटमा गत फेब्रुअरी २८ मा इरानको मिनाबस्थित एउटा विद्यालयमा भएको हमलामा ज्यान गुमाउने छात्राहरूका तस्बिर राखिएको भावुक दृश्य सार्वजनिक गरेको हो ।

विमानका सिटमा बालबालिकाका रगतले लतपतिएका स्कुल ब्याग र जुत्ता हरू पनि सजाएर राखिएको देखिन्छ । विमानभित्र कलिबाफ र अराघचीले शीर झुकाएर ती विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ६ : ११ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले