इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला « Khabarhub

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा इरानको विदेश मन्त्रालयले निकै भावुक तस्बिर सार्वजनिक गरेको छ ।

इरानी संसदका सभामुख मोहम्मद बघेर कलिबाफ र विदेशमन्त्री सइद अब्बास अराघची अमेरिकासँग शान्ति वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् ।

विदेश मन्त्रालयले उनीहरू सवार विमानको सिटमा गत फेब्रुअरी २८ मा इरानको मिनाबस्थित एउटा विद्यालयमा भएको हमलामा ज्यान गुमाउने छात्राहरूका तस्बिर राखिएको भावुक दृश्य सार्वजनिक गरेको हो ।

विमानका सिटमा बालबालिकाका रगतले लतपतिएका स्कुल ब्याग र जुत्ता हरू पनि सजाएर राखिएको देखिन्छ । विमानभित्र कलिबाफ र अराघचीले शीर झुकाएर ती विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ६ : ११ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ