इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता « Khabarhub

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी पक्षसँग मध्यपूर्व युद्ध अन्त्य गर्न योजनाबद्ध वार्ताका सर्तहरूबारे छलफल गरेको छ । इस्लामावादको सेरेना होटलमा पहिलो वार्ता चलिरहँदा इरानी सञ्चारमाध्यमले प्रधानमन्त्री शहबाज शरिफसँगको बैठकको अन्त्यमा इरानी पक्षले अमेरिकीहरूसँग प्रत्यक्ष वार्ता अघि बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने बताएका छन् ।

इरानले यसअघि नै लडाईंको स्थायी अन्त्यको कुनै पनि सम्झौतामा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनानमा हेज्बोल्लाहमाथि इजरायलको युद्धको अन्त्य समावेश हुनुपर्ने बताएको थियो । अमेरिकी उपराष्ट्रपति भान्सले रोक्का इरानी सम्पत्तिको फुकुवा इस्लामावादमा छलफलको विषय नहुने बताएका छन् ।

यसअघि समाचार संस्था रोयटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै विदेशी बैंकमा रोक्का रहेका इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत भएको समाचार सार्वजनिक गरेको थियो । यद्यपि अमेरिकाले भने यस्तो समाचार खण्डन गरेको छ ।

इरानी संसदका सभामुख मोहम्मद बाघेर कलिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका शक्तिशाली सेना प्रमुख असिम मुनिरले स्वागत गरेपछि दुवै पक्ष वार्ता स्थलमा पुगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुमधुर व्यक्तिगत सम्बन्ध रहेका मुनीरले भान्सलाई पनि स्वागत गरेका थिए । उनलाई नुर खान हवाई अड्डामा विशेष सम्मानसहित स्वागत गरिएको थियो ।

अमेरिका र इरानी प्रतिनिधिमण्डलहरूबीच वार्ताको ढाँचा स्पष्ट हुन सकेको छैन । युद्धरत पक्षहरू अझै पनि प्रतिबन्ध, लेबनानमा युद्धविराम सम्झौताको पालना र रणनीतिक स्ट्रेट अफ हर्मुज खोल्ने जस्ता प्रमुख मुद्दाहरूमा टाढा रहेको देखिन्छ र उनीहरूले आपसी शङ्का लुकाउने कुनै प्रयास गरेका छैनन् ।

यसअघि शनिबार नै प्रधानमन्त्री शरिफले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग पनि भेटवार्ता गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री शरिफले संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेको उल्लेख गर्दै भनेको छ, “पाकिस्तान यस क्षेत्रमा दिगो शान्तिको दिशामा प्रगतिको लागि दुवै पक्षलाई सहयोग गर्न तत्पर छ ।”

पाकिस्तानले सार्वजनिक गरेको भिडियो फुटेजमा शरिफले भान्सलाई स्वागत गरेको र दुई देशका शीर्ष नेतृत्व पृष्ठभूमिमा पाकिस्तानी र अमेरिकी झण्डासहितका तस्वीर सार्वजनिक गरिएको छ। उक्त अवसरमा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि आफ्ना उपराष्ट्रपतिको स्वागतका लागि उपस्थित थिए । विगतमा, इरान र अमेरिकाले वार्ताको क्रममा सन्देशहरू आदानप्रदान गर्न मध्यस्थकर्ताहरूको प्रयोग गरेर अप्रत्यक्ष वार्ता विधि अपनाएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ६ : ३१ बजे

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा