अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ « Khabarhub

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा ध्वस्त भएको दाबी दोहोर्‍याएका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानले युद्ध हारिरहेको उल्लेख गरेका छन् । ट्रम्पको दाबी अनुसार इरानको नौसेना, वायुसेना र मिसाइल कारखानाहरू अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् ।

अल्लाहलाई पुकार्दै उनले इरानका पुराना नेताहरू पनि अब नरहेको टिप्पणी गरेका छन् । अहिले पाकिस्तानमा इरान र अमेरिकाबीच स्ट्रेट अफ हर्मुज खुलाउने विषयमा वार्ता भइरहेको छ।

ट्रम्पले भने अमेरिकाले नै उक्त समुद्री मार्ग सफा गर्ने प्रक्रिया सुरु गरेको बताएका छन् । उनले यसलाई चीन, जापान र जर्मनी जस्ता देशहरूका लागि गरिएको सहयोगको रूपमा व्याख्या गरेका छन् ।

इरानसँग यो काम गर्ने हिम्मत र इच्छाशक्ति नभएको उनको आरोप छ। अहिले धेरै देशका खाली तेल जहाजहरू तेल भर्नका लागि अमेरिकातर्फ आइरहेको उनले जानकारी दिएका छन् ।

ट्रम्पले सञ्चारमाध्यमहरूको पनि कडा आलोचना गरेका छन् । केही मिडियाले इरान बलियो भएको भन्दै झुटो प्रचार गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : ०४ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति