आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित « Khabarhub

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब किङ्सले तेस्रो जित हासिल गरेको छ। शनिबार भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो ।

यस जितपछि पञ्जाब ७ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ, भने राजस्थान रोयल्स ८ अङ्कसहित शीर्ष स्थानमा छ।

पञ्जाबले २२० रनको लक्ष्य १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । कप्तान श्रेयस अय्यरले अविजित ६९ रनको उत्कृष्ट पारी खेले ।

न्यू चण्डीगढमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २१६ रन बनाएको थियो । ओपनर अभिषेक शर्माले २८ बलमा ७४ रन बनाए, जसमा ५ चौका र ८ छक्का समावेश थिए। उनले ट्राभिस हेडसँग मिलेर ५० बलमा १२० रनको शानदार सुरुआती साझेदारी गरे । पञ्जाबका बलर अर्शदीप सिंह र शशांक सिंहले समान २–२ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबका ओपनर प्रियंश आर्या र प्रभसिमरन सिंहले ९९ रनको बलियो साझेदारी गरे। आर्याले ५७ रन बनाए भने प्रभसिमरनले ५१ रन जोडे । त्यसपछि कप्तान अय्यरले टोलीलाई सहज जिततर्फ डोर्याए।

हैदराबादले भने सुरुआती ६ ओभरमा विकेट नगुमाई १०५ रन जोड्दै आक्रामक सुरुआत गरेको थियो, तर अन्त्यतिर पञ्जाबले उत्कृष्ट खेल देखाउँदै जित आफ्नो पक्षमा पार्न सफल भयो।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : ३२ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण