इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी « Khabarhub

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्धविराम वार्ता अब विशेषज्ञ तहमा पुगेको छ । छलफलमा सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानुनसँग सम्बन्धित विज्ञहरू सहभागी छन् ।

सञ्चारमाध्यमका अनुसार दुवै देशका शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद भइरहेको छ। उक्त बैठकमा पाकिस्तानका प्रतिनिधिहरू पनि उपस्थित छन् । यद्यपि, हालसम्म यस वार्ताको कुनै तस्बिर सार्वजनिक गरिएको छैन ।

अमेरिकाको टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानको नेतृत्व संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले गरिरहेका छन् । सन् १९७९ मा भएको इरानी इस्लामिक क्रान्ति पछि पहिलो पटक यति उच्च तहमा दुवै देशबीच प्रत्यक्ष वार्ता भइरहेको हो ।

यसअघि इरानले इस्लामावादमा भइरहेको वार्ता निष्कर्षमा नपुगेको खण्डमा त्यसको जिम्मेवारी केवल इजराय माथि मात्र नपर्ने चेतावनी दिएको थियो । इरानका अनुसार इजरायल र अमेरिकाका निर्णयहरू आपसमा सम्बन्धित रहेकाले वार्ता असफल भए अमेरिकालाई पनि जिम्मेवार मानिनेछ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : ५१ बजे

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा