इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी « Khabarhub

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्धविराम वार्ता अब विशेषज्ञ तहमा पुगेको छ । छलफलमा सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानुनसँग सम्बन्धित विज्ञहरू सहभागी छन् ।

सञ्चारमाध्यमका अनुसार दुवै देशका शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद भइरहेको छ। उक्त बैठकमा पाकिस्तानका प्रतिनिधिहरू पनि उपस्थित छन् । यद्यपि, हालसम्म यस वार्ताको कुनै तस्बिर सार्वजनिक गरिएको छैन ।

अमेरिकाको टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानको नेतृत्व संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले गरिरहेका छन् । सन् १९७९ मा भएको इरानी इस्लामिक क्रान्ति पछि पहिलो पटक यति उच्च तहमा दुवै देशबीच प्रत्यक्ष वार्ता भइरहेको हो ।

यसअघि इरानले इस्लामावादमा भइरहेको वार्ता निष्कर्षमा नपुगेको खण्डमा त्यसको जिम्मेवारी केवल इजराय माथि मात्र नपर्ने चेतावनी दिएको थियो । इरानका अनुसार इजरायल र अमेरिकाका निर्णयहरू आपसमा सम्बन्धित रहेकाले वार्ता असफल भए अमेरिकालाई पनि जिम्मेवार मानिनेछ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : ५१ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ