आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य « Khabarhub

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २१३ रनको लक्ष्य दिएको छ ।

चेन्नईस्थित एम.ए. चिदम्बरम रंगशालामा टस जितेर पहिले बलिङ रोजेको दिल्लीविरुद्ध चेन्नईले २० ओभरमा २ विकेट गुमाउँदै २१२ रन बनाएको हो ।

चेन्नईका लागि सन्जु सैमसनले विस्फोटक प्रदर्शन गर्दै ५६ बलमा ११५ रनको शानदार पारी खेले । उनले १५ चौका र ४ छक्का प्रहार गरे । यस्तै आयुष म्हात्रे ५९ रनमा रिटायर्ड आउट भए।

दिल्लीका तर्फबाट कप्तान अक्षर पटेलले १ विकेट लिए ।

खेलमा सहभागी खेलाडीहरू

चेन्नई सुपर किंग्स : सन्जु सैमस, ऋतुराज गायकवाड (कप्तान), आयुष म्हात्रे, सरफराज खान, डेवाल्ड ब्रेविस, शिवम दुबे, जैमी ओभरटन, नूर अहमद, अंशुल कंबोज, खलील अहमद, गुरजपनीत सिंह।

दिल्ली क्यापिटल्सस् केएल राहुल, पाथुम निसांका, समीर रिजवी, अक्षर पटेल (कप्तान_, ट्रिस्टन स्टब्स, डेविड मिलर, आकिब नबी, लुंगी एनगिडी, कुलदीप यादव, टी नटराजन, मुकेश कुमार।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ९ : ५९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर