घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का « Khabarhub

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ। इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार घरेलु मैदानमा बोर्नमाउथसँग २–१ गोल अन्तरले पराजित भएसँगै शीर्ष स्थानको दौड थप रोचक बनेको छ । यता म्यानचेस्टर सिटीलाई अंक दूरी घटाउने अवसर खुलेको हाे ।

खेलमा बोर्नमाउथले उत्कृष्ट प्रदर्शन गर्दै आर्सनललाई दबाबमा राख्यो । खेलको १७औँ मिनेटमा अनुभवी मिडफिल्डर रायन क्रिस्टीको उत्कृष्ट पासमा एड्रियन ट्रुफर्टले दिएको क्रस डिफेन्सनबाट डिफ्लेक्ट हुँदै जुनियर क्रोउपीसम्म पुगेको थियो, जसलाई उनले सजिलै गोलमा परिणत गरे।

बोर्नमाउथले सुरुआती समयमा खेलमा नियन्त्रण जमाए पनि ३५औँ मिनेटमा क्रिस्टीको ह्यान्डबलपछि आर्सनलले पेनाल्टी पायो। उक्त अवसरलाई भिक्टर ग्योकेरेसले सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए।

बराबरीपछि आर्सनल खेलमा फर्किने प्रयासमा देखिए पनि ७४औँ मिनेटमा बोर्नमाउथले उत्कृष्ट टिमवर्कमार्फत निर्णायक गोल गर्‍यो। क्रोउपीले लामो पास नियन्त्रणमा लिएर सब्स्टिच्युट ह्यारी ब्रुक्सलाई पास दिए। त्यसपछि बल एभानिल्सनमार्फत अगाडि बढ्दै एलेक्स स्कटसम्म पुग्यो। उनले उत्कृष्ट रूपमा गोलरक्षकलाई छक्याउँदै बललाई जाली चुमाए।

यस जितसँगै बोर्नमाउथले प्रभावशाली प्रदर्शन गरेको छ भने आर्सनलको उपाधि यात्रामा थप चुनौती थपिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  १० : ३५ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित