गोविन्दाको चेतावनीपछि पत्नी सुनिताको नयाँ मार्ग : ‘अब प्रेमभन्दा काम र पैसालाई प्राथमिकता दिन्छु’ « Khabarhub

गोविन्दाको चेतावनीपछि पत्नी सुनिताको नयाँ मार्ग : ‘अब प्रेमभन्दा काम र पैसालाई प्राथमिकता दिन्छु’


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजा फेरि एकपटक चर्चामा आएकी छिन्। अभिनय दुनियाँबाट टाढा रहे पनि उनी आफ्ना अभिव्यक्ति र खुला विचारका कारण सधैँ ‘लाइमलाइट’मा रहने गर्छिन्। यसपटक भने सुनिता आफ्नी छोरी टिना आहूजासँग नयाँ रियालिटी शोमार्फत दर्शकमाझ आउन लागेकी हुन् ।

केही समयअघि लाफ्टर शेफ्समा देखिएकी सुनिताले त्यहाँ आफ्नो हास्यास्पद शैलीले निकै ध्यान खिचेकी थिइन्। कार्यक्रमका क्रममा उनले हास्य कलाकार कृष्णा अभिषेक र अभिनेत्री कश्मीरा शाहसँग भेट गरेकी थिइन्। त्यतिबेला उनले गोविन्दाको कथित अफेयरबारे हल्का व्यंग्यसमेत गरेकी थिइन्, जसले सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।

सुनिताले हालै मिड–डेलाई दिएको अन्तर्वार्तामा पति गोविन्दाले आफूलाई अगाडि बढेर काम गर्न प्रोत्साहन दिएको, तर आफ्नो नामको सहारा लिएर अघि नबढ्न चेतावनी दिएको बताइन्। उनले अब आफ्नै पहिचान बनाएर आत्मनिर्भर बन्न चाहेको पनि उल्लेख गरिन्।

उनले भनिन्, ‘मेरो सम्माननीय पति गोविन्दाले मलाई अगाडि बढेर काम गर्न भनेका छन् । तर जीवनमा अघि बढ्नका लागि आफ्नो  नाम प्रयोग नगर्नू भनेर पनि चेतावनी दिएका छन्। त्यसैले म आफ्नै पहिचान बनाउँदै आफ्नै खुट्टामा उभिन चाहन्छु।’

अब भने सुनिता नयाँ कुकिङ रियालिटी शो ‘माँ हूं ना’ मा देखिन लागेकी छिन् । शोको छायाङ्कन सुरु भइसकेको र यसलाई अभिनेत्री शिल्पा शेट्टीले होस्ट गरिरहेकी छिन्। जब उनलाई शोमा धेरै चर्चित अनुहारहरू सहभागी भएकाले दबाब महसुस हुन्छ कि हुँदैन भनेर सोधियो, उनले आत्मविश्वासका साथ भनिन्, ‘मलाई जीवनमा केही पनि धेरै चुनौतीपूर्ण लाग्दैन । म जे गर्छु, त्यसलाई उत्कृष्ट बनाउने प्रयास गर्छु।’

सुनिता आहूजाले पैसाबारे दिएको अभिव्यक्तिको सबैभन्दा बढी चर्चा भइरहेको छ । उनले पछिल्ला दुई वर्षमा पैसा जीवनमा निकै महत्त्वपूर्ण कुरा भएको महसुस गरेको बताउँदै अब प्रेमभन्दा बढी काम र करिअरलाई प्राथमिकता दिने सकेत गरेकी छिन्। साथै, आफू आर्थिक रूपमा आत्मनिर्भर बन्न चाहेको र त्यसका लागि कुनै पनि प्रकारका शो गर्न तयार रहेको उनले स्पष्ट पारेकी छिन्।

जानकारीअनुसार शोमा सुनितासँगै अभिनेत्री उर्वशी ढोलकिया आफ्ना छोरासँग सहभागी हुँदैछिन्। साथै, सोशल मिडिया इन्फ्लुएन्सर शाहिदा अन्सारी लगायत अन्य चर्चित अनुहारहरू पनि कार्यक्रममा देखिने भएका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ११ : ४० बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक