‘परालको आगो’ को व्यापारले सौगात र प्रकाशलाई राहत « Khabarhub

‘परालको आगो’ को व्यापारले सौगात र प्रकाशलाई राहत


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार फ्लप फिल्म दिइरहेका नायकहरू सौगात मल्ल र गायकसमेत रहेका प्रकाश सपुतलाई ‘परालको आगो’ले राहत दिएको छ । 

चलचित्र विकास बोर्डका अनुसार फिल्म ‘परालको आगो’ले वैशाख ११ देखि २६ गतेसम्म ४ करोडको २५ हजार ग्रस कलेक्सन गरेको छ । 

वैशाखमा प्रदर्शनमा आएका मध्ये सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने फिल्म यही हो । अहिलेसम्म यस फिल्म हेर्न एक लाख ४३ हजार वटा टिकट खरिद–बिक्री भएको छ । 

यसको ग्रस कलेक्सन नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को भन्दा पनि धेरै हो । नयाँ वर्ष लक्षित गरी प्रदर्शनमा आएको ‘राम नाम सत्य’ले ३ करोड ४० लाख मात्रै ग्रस कलेक्सन गरेको छ । नयाँ वर्षको प्राइम डेट उपभोग गर्न पाएको ‘राम नाम सत्य’को भन्दा ‘परालको आगो’को व्यापार उच्च देखिएको हो ।

अब समग्रमा ‘परालको आगो’को आगो समग्रमा लगानी सुरक्षित गर्ने बाटोमा लम्किएको छ । ग्रस कलेक्सन र विदेशी तथा ओटीटी राइट्सले यसको लगानी सुरक्षित हुने देखिएको हो । 

लगातार फ्लप फिल्म दिइरहेका सौगात र प्रकाश अभिनित ‘परालको आगो’को व्यापारलाई मध्यम मान्न सकिन्छ । त्यसैले उनीहरूले केही राहत महसुस गर्न पाएका छन् । 

‘परालको आगो’का सौगात र प्रकाशसहित नायिका सुहाना थापा शीर्ष भूमिकाका छन् । 

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ३१ बजे

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु