‘परालको आगो’ को व्यापारले सौगात र प्रकाशलाई राहत « Khabarhub

‘परालको आगो’ को व्यापारले सौगात र प्रकाशलाई राहत


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार फ्लप फिल्म दिइरहेका नायकहरू सौगात मल्ल र गायकसमेत रहेका प्रकाश सपुतलाई ‘परालको आगो’ले राहत दिएको छ । 

चलचित्र विकास बोर्डका अनुसार फिल्म ‘परालको आगो’ले वैशाख ११ देखि २६ गतेसम्म ४ करोडको २५ हजार ग्रस कलेक्सन गरेको छ । 

वैशाखमा प्रदर्शनमा आएका मध्ये सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने फिल्म यही हो । अहिलेसम्म यस फिल्म हेर्न एक लाख ४३ हजार वटा टिकट खरिद–बिक्री भएको छ । 

यसको ग्रस कलेक्सन नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को भन्दा पनि धेरै हो । नयाँ वर्ष लक्षित गरी प्रदर्शनमा आएको ‘राम नाम सत्य’ले ३ करोड ४० लाख मात्रै ग्रस कलेक्सन गरेको छ । नयाँ वर्षको प्राइम डेट उपभोग गर्न पाएको ‘राम नाम सत्य’को भन्दा ‘परालको आगो’को व्यापार उच्च देखिएको हो ।

अब समग्रमा ‘परालको आगो’को आगो समग्रमा लगानी सुरक्षित गर्ने बाटोमा लम्किएको छ । ग्रस कलेक्सन र विदेशी तथा ओटीटी राइट्सले यसको लगानी सुरक्षित हुने देखिएको हो । 

लगातार फ्लप फिल्म दिइरहेका सौगात र प्रकाश अभिनित ‘परालको आगो’को व्यापारलाई मध्यम मान्न सकिन्छ । त्यसैले उनीहरूले केही राहत महसुस गर्न पाएका छन् । 

‘परालको आगो’का सौगात र प्रकाशसहित नायिका सुहाना थापा शीर्ष भूमिकाका छन् । 

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ३१ बजे

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच