गर्मी र वर्षायाममा सर्पदंशको जोखिम : सचेतना अपनाउन आग्रह « Khabarhub

गर्मी र वर्षायाममा सर्पदंशको जोखिम : सचेतना अपनाउन आग्रह


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा गर्मी र वर्षायाम सुरु भएसँगै तराई तथा पहाडी भेगमा सर्पदंशको जोखिम बढ्दै गएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले एक विशेष सूचना जारी गर्दै सर्पदंशबाट बच्न र टोकिहालेमा अपनाउनुपर्ने सावधानीबारे नागरिकलाई सचेत गराएको छ ।

बच्ने उपायहरू

सर्पको टोकाइबाट जोगिन दैनिक क्रियाकलापमा सुधार ल्याउनुपर्ने विज्ञहरूको सुझाव छ । मन्त्रालयले निम्न सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ 

रातिको समयमा बाहिर निस्कँदा अनिवार्य रूपमा टर्च लाइट बोक्ने र खेतबारी वा झाडीमा जाँदा जुत्ता वा गमबुट लगाउने ।

घर वरपरको घाँस, झारपात र फोहोरका थुप्राहरू हटाएर सफा राख्ने । काठ, ढुङ्गा र पुराना सामानको थुप्रोमा सर्प लुक्न सक्ने भएकाले त्यस्ता ठाउँ सफा गर्दा विशेष ध्यान दिने ।

भुइँमा सुत्नुको साटो खाटको प्रयोग गर्ने र अनिवार्य रूपमा झुल टाँगेर मात्र सुत्ने । सुत्नुअघि ओछ्यान र खाटमुनि राम्ररी चेकजाँच गर्ने ।

घर वरपर रहेका जमिनका प्वालहरू टाल्ने, ताकि सर्पले गुँड बनाउन नपाओस् ।

सर्पले टोकि हालेमा के गर्ने ?

यदि सर्पले टोकि हालेमा आत्तिनुको सट्टा धैर्यता अपनाउनु नै जीवन बचाउने पहिलो कदम हो 

१- डसेको अङ्गलाई स्थिर राख्ने, हलचल नगर्ने ।

२-  बिरामीको आत्मविश्वास कायम राख्ने र सान्त्वना दिने ।

३-  सम्भव भएसम्म सर्पको पहिचान गर्ने तर, मार्ने प्रयास गरेर समय खेर नफाल्ने ।

४- बिरामीलाई जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्र वा नजिकको अस्पताल पुर्‍याउने ।

के नगर्ने ?

परम्परागत गलत मान्यता र घरेलु उपचारले बिरामीको ज्यान जोखिममा पार्न सक्छ ।
 
त्यसैले टोकेको ठाउँमा काट्ने, चुस्ने वा बाँध्ने काम नगर्ने ।

कुनै पनि प्रकारको मलम, रासायनिक पदार्थ, वा तातो चिसो प्रयोग नगर्ने ।

झारफुक वा धामीझाँक्रीको भर परेर समय बर्बाद नगर्ने ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ५७ बजे

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’