सांसद दुलालको आक्रोश : राज्यले डोजर आतंक मच्चायो, आत्महत्या दुरूत्साहन मुद्दा किन नलगाउने ? « Khabarhub

सांसद दुलालको आक्रोश : राज्यले डोजर आतंक मच्चायो, आत्महत्या दुरूत्साहन मुद्दा किन नलगाउने ?


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका सांसद युवराज दुलालले प्रतिनिधिसभाको बैठकमा सरकारले सुकुम्बासी बस्तीमाथि चलाइएको डोजर प्रकरणलाई ‘राज्य आतंक’ भनेका छन्।

उनले विधिको शासनको साटो अध्यादेशबाट देश चलाउने प्रयासलाई निरंकुशतन्त्रतर्फको अभ्यास भनेर आलोचना गरे।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद दुलालले भने, ‘राज्यले नागरिकमाथि डोजर आतंक मच्चाएको छ। सुकुम्वासीहरूलाई २४ घण्टा पनि समय नदिई हटाएको छ। यो राज्य आतंक र नागरिकमाथिको ज्यादती हो।’

उनले बल्खु खोलामा आत्महत्या गरेका इन्द्रबहादुर राई जस्ता सुकुम्बासीको आत्महत्या प्रकरणलाई उल्लेख गर्दै प्रश्न गरे, ‘इन्द्रबहादुरहरूले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने?’

सांसद दुलालले सरकारले विधिको शासनको वकालत गर्ने तर अध्यादेशबाट देश चलाउन खोजेको आरोप लगाए। उनले भने, ‘विधिको शासनको वकालत गर्ने सरकार अध्यादेशबाट देश चलाउन खोज्दैछ। यो के लोकतन्त्रको अभ्यास हो या निरंकुशतन्त्रतिरको अभ्यास हो?’

संवैधानिक परिषद् सम्बन्धी विषयमा बोल्दै उनले भने, ‘संवैधानिक परिषद्मा ६ जनामा तीनजनाको बहुमत हुन्छ भन्ने वकालत गरिँदैछ। यो ठीक हो? संवैधानिक परिषद्मा उपस्थित अन्यको कुनै औचित्य हुँदैन लोकतन्त्रमा।’

अन्त्यमा उनले सरकारलाई चेतावनी दिँदै भने, ‘विधिको शासन मिच्ने कामबारे यो सरकारले जवाफ दिनुपर्छ।’

अहिले सत्तापक्ष र प्रतिपक्षबीच अध्यादेश र सुकुम्बासी समस्या निकै चर्किएको छ। दुलालको अभिव्यक्तिजस्तै अन्य प्रतिपक्षीले पनि सरकारविरुद्ध चर्को आवाज उठाएका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ४३ बजे

नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

काठमाडौं– साहित्यकार प्रार्थना खनालद्वारा लिखित नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा