समृद्धि र सुशासनका लागि मतभेदभन्दा माथि उठ्न अध्यक्ष दाहालको आग्रह « Khabarhub

समृद्धि र सुशासनका लागि मतभेदभन्दा माथि उठ्न अध्यक्ष दाहालको आग्रह


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा माथि उठ्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको २१औँ अधिवेशनको शुभारम्भका अवसरमा आज सभालाई सम्बोधन गर्दै उनले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको आवश्यकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै छलफलमा सहभागी हुन आग्रह गरे।

उनले भने, ‘यो २१औँ अधिवेशन बजेट अधिवेशनको रूपमा रहेको छ । यसमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुनेछ ।’ 

अध्यक्ष दाहालका अनुसार सङ्घीय निजामती सेवा, विद्यालय शिक्षा र नेपाल प्रहरीसम्बन्धी विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने जिम्मेवारी संसद्को काँधमा छ ।

विगतमा विधेयकको निरन्तरता कायम हुन नसक्दा केही महत्वपूर्ण विधेयक निष्क्रिय भएको उल्लेख गर्दै उनले तालिकाबद्ध बैठक सञ्चालन, समयमै विधेयक दर्ता, समितिको सक्रियता र सरकारको सहयोगले मात्र संसद्को कार्यक्षमता बढ्ने बताए।

यसै अवसरमा अध्यक्ष दाहालले यस अधिवेशनबाट संसद् बैठकको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुआत गरिएको जानकारी पनि दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : ०१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)