सुकुम्वासी प्रकरणमा खुश्वुको आक्रोश : गरिब मर्दा सरकारलाई मतलब हुँदो रहेनछ « Khabarhub

सुकुम्वासी प्रकरणमा खुश्वुको आक्रोश : गरिब मर्दा सरकारलाई मतलब हुँदो रहेनछ


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले प्रतिनिधिसभाको बैठकमा सुकुम्बासीमाथि भएको डोजर आतंक सरकारको मौनताको तीव्र आलोचना गरेकी छन्।

उनले मानवीय संवेदनाशून्य व्यवहारप्रति आक्रोश व्यक्त गर्दै ‘रुल अफ ल’ को साटो ‘रुल बाइ वि’ गरिएको आरोप लगाएकी छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सांसद ओलीले भनिन्, ‘दुई-दुईजना सुकुम्बासीले ज्यान गुमाउँदा सरकार बोलेन। सरकारले मौनता साँध्यो। गरिब मर्दा पनि सरकारलाई मतलब हुँदो रहेनछ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई लक्षित गर्दै उनले भनेकी छन्, ‘सिंहदरबार त सयवटा बनाउन सकिन्छ तर मानवीय ज्यान ठूलो हो भन्थे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले। सुकुम्बासीको ज्यान जाँदा चाहिँ किन रास्वपाको सरकारले बोल्नुपर्दैन।’

उनले उद्धार गरिएको ठाउँमा डोजर चलाएको घटनालाई लिएर प्रश्न गरिन् । ‘उद्धार गरिएको ठाउँमा कसरी डोजर चल्छ। काठमाडौंबाट ४८ घण्टामा कोठा सार्न सकिँदैन। मानवीय मूल्य मान्यता र संवेदनाको पनि ख्याल नगरी गरिएको यो ज्यादती हो सरकारको’, उनले भनिन् ।

सांसद ओलीले प्रतिनिधिसभालाई सरकारको छायामा पार्न खोजिएको बताइन । ‘रुल अफ ल त परको कुरा यहाँ त रुल बाइ वि भएको छ। प्रतिनिधि सभालाई छाया पारेको भन्ने भएको छ। प्रतिनिधि सभा सरकारको कठपुतली होइन’, उनले भनिन् ।

प्रतिपक्षबाट सत्तामा गएका सांसदहरूप्रति पनि उनले प्रश्न उठाइन् । ‘प्रतिपक्षबाट सत्ता पक्षमा पुगेका सांसद किन अडान लिन सकेका छैनन्?’, उनले भनिन् ।

सुकुम्बासी समस्या, डोजर कारबाही र अध्यादेश प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूबाट सरकारविरुद्धको आलोचना लगातार बढ्दै गएको छ। सोमबार यही प्रकरणमा प्रतिपक्षीले सरकारलाई घेरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : १४ बजे

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर