स्मार्ट टेलिकम प्रकरणबारे जगदीश खरेल भन्छन्- आरोप पुष्टि भए राजनीति छोडिदिन्छु « Khabarhub

स्मार्ट टेलिकम प्रकरणबारे जगदीश खरेल भन्छन्- आरोप पुष्टि भए राजनीति छोडिदिन्छु


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिक जीवनबाट बिदा लिने घोषणा गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्मार्ट टेलिकमको अनियमिततासँग जोडेर आफूलाई अनावश्यक रूपमा मुछिएको भन्दै आपत्ति जनाए।

‘स्मार्ट टेलिकम प्रकरणमा मेरो कुनै संलग्नता छैन। यदि संलग्नता पुष्टि भयो भने म राजनीतिक जीवनबाटै बिदा लिन्छु,’ खरेलले भने।

खरेलले सभामुख डोलप्रसाद अर्याल र पार्टी सभापति रवि लामिछानेलाई जानकारी दिएर स्विट्जरल्याण्ड गएको अवस्थामा पनि आफूलाई सो प्रकरणमा जोडेर आएका समाचारप्रति खेद व्यक्त गरे।

उनले स्मार्ट टेलिकम प्रकरणसँग सम्बन्धित कुनै पनि बैठकमा सहभागी नभएको र कुनै फाइल अघि नबढाएको स्पष्ट पारे।

आफूमाथिका आरोप प्रमाणित गर्न नसके सम्बन्धित सञ्चारमाध्यम नै बन्द हुनुपर्ने भन्दै उनले चुनौतीसमेत दिए।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : ४० बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार