स्मार्ट टेलिकम प्रकरणबारे जगदीश खरेल भन्छन्- आरोप पुष्टि भए राजनीति छोडिदिन्छु « Khabarhub

स्मार्ट टेलिकम प्रकरणबारे जगदीश खरेल भन्छन्- आरोप पुष्टि भए राजनीति छोडिदिन्छु


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिक जीवनबाट बिदा लिने घोषणा गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्मार्ट टेलिकमको अनियमिततासँग जोडेर आफूलाई अनावश्यक रूपमा मुछिएको भन्दै आपत्ति जनाए।

‘स्मार्ट टेलिकम प्रकरणमा मेरो कुनै संलग्नता छैन। यदि संलग्नता पुष्टि भयो भने म राजनीतिक जीवनबाटै बिदा लिन्छु,’ खरेलले भने।

खरेलले सभामुख डोलप्रसाद अर्याल र पार्टी सभापति रवि लामिछानेलाई जानकारी दिएर स्विट्जरल्याण्ड गएको अवस्थामा पनि आफूलाई सो प्रकरणमा जोडेर आएका समाचारप्रति खेद व्यक्त गरे।

उनले स्मार्ट टेलिकम प्रकरणसँग सम्बन्धित कुनै पनि बैठकमा सहभागी नभएको र कुनै फाइल अघि नबढाएको स्पष्ट पारे।

आफूमाथिका आरोप प्रमाणित गर्न नसके सम्बन्धित सञ्चारमाध्यम नै बन्द हुनुपर्ने भन्दै उनले चुनौतीसमेत दिए।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : ४० बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु