बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सातामा दुई दिन बिदा दिने  « Khabarhub

बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सातामा दुई दिन बिदा दिने 


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धरान– बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्र अनुसार प्रतिष्ठानले यो व्यवस्था लागू गर्न लागेको हो । 

प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमशेर श्रेष्ठद्वारा जारी सूचना अनुसार हरेक हप्ताको शनिबार र आइतबार अस्पतालको बहिरङ्ग सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन् ।

अस्पतालको अन्तरङ्ग सेवा र आकस्मिक सेवा  भने सुचारु रहनेछन् । यसअघि शुक्रबार आधा दिन मात्र सञ्चालन हुँदै आएका अस्पतालका सेवा तथा कार्यालयहरू अब अन्य कार्यदिन सरह पूर्ण समय सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : २६ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक