एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति « Khabarhub

एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय गरेकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । 

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलको यो कदमलाई अन्यायपूर्ण, आपत्तिजनक र अपमानजनक भएको बताएको छ । 

संघका महासचिव डा.सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विदेशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वदेश फर्किन र उनीहरूले विदेशमा हासिल गरेको ज्ञान एवं अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रको विकासमा लगाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ। 

प्रोत्साहनका लागि सहज वातावरण निर्माण गर्नुको सट्टा विदेशी नागरिकता लिएको आधारमा दर्ता नै खारेज गर्नु न्यायसंगत नभएको संघको ठहर छ। 

नेपालको स्वास्थ्य क्षेत्रमा एनआरएन चिकित्सकहरूले पुर्‍याएको योगदानको कदर गर्नुको सट्टा उनीहरूको आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रता समेत हनन हुने किसिमको निर्णय गरिनु अत्यन्तै आपत्तिजनक छ, विज्ञप्तिमा भनिएको छ।

एकपटकको नेपाली सधैँको नेपाली भन्ने मूल मर्मलाई आत्मसात् गर्दै विदेशमा रहेका नेपाली चिकित्सकहरूको नाम दर्ताका लागि काउन्सिलमा रहेको साविकको अनलाइन पोर्टलको व्यवस्थालाई नै निरन्तरता दिन संघले माग गरेको छ।

नेपाल चिकित्सक संघले यो अन्यायपूर्ण निर्णय तत्काल फिर्ता लिन र विद्यमान नियम तथा कानुन अनुसार दर्ता प्रक्रियालाई अगाडि बढाउन नेपाल मेडिकल काउन्सिल र सम्बन्धित निकायहरूसँग माग समेत गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : १५ बजे

नेपालबाट भुटानसामु ११४ रनको लक्ष्य

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल