एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति « Khabarhub

एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय गरेकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । 

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलको यो कदमलाई अन्यायपूर्ण, आपत्तिजनक र अपमानजनक भएको बताएको छ । 

संघका महासचिव डा.सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विदेशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वदेश फर्किन र उनीहरूले विदेशमा हासिल गरेको ज्ञान एवं अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रको विकासमा लगाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ। 

प्रोत्साहनका लागि सहज वातावरण निर्माण गर्नुको सट्टा विदेशी नागरिकता लिएको आधारमा दर्ता नै खारेज गर्नु न्यायसंगत नभएको संघको ठहर छ। 

नेपालको स्वास्थ्य क्षेत्रमा एनआरएन चिकित्सकहरूले पुर्‍याएको योगदानको कदर गर्नुको सट्टा उनीहरूको आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रता समेत हनन हुने किसिमको निर्णय गरिनु अत्यन्तै आपत्तिजनक छ, विज्ञप्तिमा भनिएको छ।

एकपटकको नेपाली सधैँको नेपाली भन्ने मूल मर्मलाई आत्मसात् गर्दै विदेशमा रहेका नेपाली चिकित्सकहरूको नाम दर्ताका लागि काउन्सिलमा रहेको साविकको अनलाइन पोर्टलको व्यवस्थालाई नै निरन्तरता दिन संघले माग गरेको छ।

नेपाल चिकित्सक संघले यो अन्यायपूर्ण निर्णय तत्काल फिर्ता लिन र विद्यमान नियम तथा कानुन अनुसार दर्ता प्रक्रियालाई अगाडि बढाउन नेपाल मेडिकल काउन्सिल र सम्बन्धित निकायहरूसँग माग समेत गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : १५ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र