राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह हिँडेपछि… « Khabarhub

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह हिँडेपछि…


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहँदै सरकारका प्रधानमन्त्री बालेन्द्र शाह त्यहाँबाट निस्किएका छन् ।

लगभग आधा घण्टा जसो बसेर उनी त्यहाँबाट निस्किएका हुन् । राष्ट्रपतिले एक घण्टा १५ मिनेटभन्दा लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । बैठकमा उपस्थित नेताहरूका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गरेको आधा घण्टासम्म प्रधानमन्त्री त्यहाँ भएपनि त्यसपछि उनी निस्किएका हुन् ।

“आधा घण्टासम्म स्वर्णिम वाग्लेको छेउमा हुनुहुन्थ्यो। त्यसपछाडि उहाँ निस्किनुभयो ।” प्रतिनिधिसभा बैठकबाट एक सांसदले भने, “राष्ट्रपतिज्यूले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदै उहाँ निस्कनुभएको हो ।”

सामान्यतया राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा त्यहाँबाट निस्किन मिल्दैन तर प्रधानमन्त्री भने निस्किएर हिँडेका छन् ।

संसदको नियमावलीमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । उनले सुरुमा नीति तथा कार्यक्रम राष्ट्रपति समक्ष पेश भने गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : २४ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो