दोलखामा सर्पले डसेको २ घण्टा नबित्दै एक महिलाको मृत्यु « Khabarhub

दोलखामा सर्पले डसेको २ घण्टा नबित्दै एक महिलाको मृत्यु


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–७ की एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ । सोमबार दिउँसो करिब साढे १२ बजेको समयमा नाम्दु माझीबस्ती निवासी अन्दाजी ३५ वर्षीया कल्पना तामाङलाई दाउरा संकलन गर्न जंगल गएको बेला सर्पले डसेको हो ।

सर्पले डसेको दुई घण्टा नबित्दै तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले टोकेपछि गम्भीर घाइते भएकी तामाङलाई तत्काल उपचारका लागि स्थानीय लालीगुराँस सामुदायिक अस्पताल पुर्‍याइएको थियो ।

तर अस्पताल पुग्दासम्म उनी बोल्न नसक्ने अवस्थामा रहेको र उपचारकै क्रममा मृत्यु भएको अस्पतालका डाक्टर सुरेन्द्र तामाङले जानकारी दिए ।

घटनापछि आवश्यक पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न प्रहरी टोलीले शवलाई पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट ल्याउने तयारी गरेको जनाएको छ ।

सुवाश बस्नेत/ दोलखा

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : ४८ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको