राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा पढ्दै उठेर हिँडे प्रधानमन्त्री, विरोधमा उत्रिए सांसद « Khabarhub

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा पढ्दै उठेर हिँडे प्रधानमन्त्री, विरोधमा उत्रिए सांसद


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह उठेर हिँडिदिए ।

संसद्को रोस्ट्रममा पुगेर नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गरेर आफ्नो आशनमा फर्किएका प्रधानमन्त्री शाह केही बेरमै निस्किएर हिँडे ।

प्रधानमन्त्री संसद्‍बाट जुरूक्क उठेर हिँडेपछि सांसदहरू पनि चकित परेका छन् । राष्ट्रपतिले सम्बोधन गरेका बेला सामान्य मर्यादामसेत हेक्का नराखी प्रधानमन्त्री हिँडेपछि सांसदहरूले विरोध सुरू गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेनले अमर्यादित, अभद्र र गैरजिम्मेवार प्रवृत्ति देखाएको भन्दै कडा आपत्ति जनाएका छन् ।

राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पढिरहेका बेला प्रधानमन्त्री बीचमै जुरूक्क उठेर हिँडेपछि दुलालले आपत्ति जनाएका हुन् ।

उनले आफ्नै सरकारले बनाएर राष्ट्रपतिकहाँ हस्तान्तरण गरेको नीति तथा कार्यक्रम पूरा सुन्दै नसुनी प्रधानमन्त्री हिँड्नु अमर्यादित र आपत्तिजनक रहेको बताए ।

’आफैँले तयार गरेर राष्ट्रपतिलाई हस्तान्तरण गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले संसद् छाडेर हिँड्नु अमर्यादित, अभद्र र गैरजिम्मेवार प्रवृत्ति हो’, उनले भने, ‘आफ्नै सरकारको कार्यक्रम पनि पूरा नसुनी संसद्बाट हिँड्नु आपत्तिजनक हो ।’

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : ५७ बजे

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट

आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै

लमजुङ– केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा भयो

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको