एसईई को नतिजा आजै सार्वजनिक हुने « Khabarhub

एसईई को नतिजा आजै सार्वजनिक हुने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिषद् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार आज सार्वजनिक गर्नका लागि अहिले बैठक बसिरहेको छ । ६-७ बजे भित्रमा एसईईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डको जानकारी छ।

यस परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । सरकारले योपटक एक महिना नबित्दै नतिजा सार्वजनिक गर्न लागेको हो । शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रमा नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता यस अगाडि नै गरेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक पाँच लाख १२४२१ जना विद्यार्थीले फारम भरेका थिए जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले परीक्षा लेखेका थिए । यस्तै ग्रेड वृद्धितर्फ ७०,८५५ जनाले फारम भरेका थिए ।

आज नतिजा सार्वजनिक गर्नका लागि सम्पूर्ण तयारी भइसकेको र बोर्डको बैठक लगभग अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : ५७ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने