फिलिपिन्सकी उपराष्ट्रपति डुतेर्तेविरुद्ध महाभियोग लगाइने « Khabarhub

फिलिपिन्सकी उपराष्ट्रपति डुतेर्तेविरुद्ध महाभियोग लगाइने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाउने प्रस्तावहरू सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । यो महाभियोग प्रस्ताव दर्ताका लागि पूर्वअभ्यास हो ।

उपराष्ट्रपतिले सन् २०२८ मा गर्ने गरी घोषणा गरेको राष्ट्रपतीय निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो । 

महाअभियोगका धाराहरूमा पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्तेकी छोरीमाथि भ्रष्टाचार, घूसखोरी र पूर्व सहयोगी फर्डिनान्ड मार्कोसविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको छ।

फिलिपिन्सको संविधानअनुसार, महाभियोगमाथि सिनेटमा सुनुवाइ सुरु हुन्छ । सुनुवाईसँगै डुतेर्तेको पद स्वतः निलम्बित हुन्छ भने उनी आरोपउपर दोषी ठहरिएमा उनको पद स्थायीरूपमा गुम्नुका साथै कुनै पनि निर्वाचित पदका लागि प्रतिस्पर्धा गर्न उनी अयोग्य बन्ने छन् । 
 

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : ११ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र