‘प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति कार्यक्रमको समयमा केहीबेर विश्राम’ « Khabarhub

‘प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति कार्यक्रमको समयमा केहीबेर विश्राम’


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । उक्त कार्यक्रममा राष्ट्रपतिलाई स्वागत गर्न नपुगेका प्रधानमन्त्री बालेन शाह राष्ट्रपतिले नीति, कार्यक्रम वाचन गरिरहँदा बीचैमा निस्किए ।

प्रधानमन्त्री त्यसरी बीचैमा निस्किएको विषयमा विपक्षी दलहरुले कडा आपत्ति पनि जनाए ।

प्रधानमन्त्रीको सचिवालयले यही विषयमा स्पष्टीकरण दिएको छ । सचिवालयले प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बाहिरिनुपरेको बताएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,’ सचिवालयले भनेको छ, ‘त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ।’

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ९ : १७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का