एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ? « Khabarhub

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी नन् ग्रेडेड (अवर्गीकृत) भएका छन् । यो प्रदेशबाट ७६ हजार ३१७ विद्यार्थी सहभागी थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईईको नतिजा अनुसार नन् ग्रेडेड भएका विद्यार्थी कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४ र गण्डकीमा ९ हजार ९४३ छन् ।

त्यस्तै, लुम्बिनीका २७ हजार ८९३, कर्णालीका १३ हजार २४१ र सुदूरपश्चिमका २० हजार ६३५ विद्यार्थी नन् ग्रेडेड भए ।

नियमिततर्फ परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी अवर्गीकृत भए । अवर्गीकृत विद्यार्थीको पुरक परीक्षा असार १ देखि ९ गतेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

प्रदेश अनुसार यो वर्ष वर्गीकृत विद्यार्थी कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १० : ०८ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा