विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार « Khabarhub

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई बधाई दिँदै परीक्षा सकिएको एक महिनामै नतिजा प्रकाशन गर्न सक्ने अवस्थामा पुर्याउने शिक्षक कर्मचारी सबैप्रति आभार व्यक्त गरेका छन् ।

यस्तो छ उनको भनाइ

एसईई २०८२ को परीक्षाफल परीक्षा सम्पन्न भएको करिब एक महिनामै सार्वजनिक हुनु नेपालको शिक्षा प्रशासनका लागि केवल एउटा नियमित प्रक्रिया मात्र होइन, समयमै सेवा प्रवाह गर्न सक्ने राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्वपूर्ण उदाहरण पनि हो। लाखौं विद्यार्थी तथा अभिभावकहरूको प्रतीक्षालाई छोटो समयमा सम्बोधन गर्न सम्भव बनाउने यस कार्यमा परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्म दिनरात खटिनुहुने सम्पूर्ण शिक्षक(शिक्षिका, कर्मचारी साथीहरू, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थालगायतका सुधारात्मक प्रयासहरूले समयमै नतिजा प्रकाशन सम्भव भएको हो।
यस अवसरमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछु। तपाईंहरूको सफलता निरन्तर मेहनत, अनुशासन, अभिभावकको साथ र गुरुहरूको समर्पित मार्गदर्शनको प्रतिफल हो। यो केवल सुरुवात मात्र हो। अब यही गति र सुधारलाई ं२, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्दै परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने दिशामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रतिबद्ध छ।
साथै, यसपटक अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसक्नु भएका विद्यार्थी भाइबहिनीहरूलाई निराश नहुन आग्रह गर्न चाहन्छु। एउटा परीक्षाले मात्र जीवनको सम्पूर्ण भविष्य निर्धारण गर्दैन। धैर्यता, आत्मविश्वास र पुनः प्रयास गर्ने साहस नै सफलताको वास्तविक आधार हो। नयाँ उत्साहका साथ पुनः अघि बढ्नुस् , सफलता अवश्य प्राप्त हुनेछ। फेरि एकपटक सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १० : २० बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन