राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति « Khabarhub

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता देबराज चालिसेले उक्त घटनाले संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन गरेको टिप्पणी गरेका छन्।

सोमबार जारी वक्तव्यमा प्रवक्ता चालिसेले राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकको अत्यन्त महत्वपूर्ण, औपचारिक र संवेदनशील प्रक्रिया भएको उल्लेख गरेका छन्।

आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन अन्त्यसम्म उपस्थित नहुनु र अस्वाभाविक व्यवहार देखाउनु अप्रिय सन्देश दिने खालको भएको उनको भनाइ छ।

उनले यस्ता कार्यक्रमहरूमा राज्यका उच्च पदाधिकारीको उपस्थिति र व्यवहारले संस्थागत अनुशासन तथा लोकतान्त्रिक संस्कारको प्रतिनिधित्व गर्ने बताए। संसद केवल सरकार निर्माणको गणितीय आधार मात्र नभई लोकतान्त्रिक मूल्य, संस्कार र राष्ट्रिय सभ्यता प्रस्तुत गर्ने सर्वोच्च मञ्च भएको उनको धारणा छ।

वक्तव्यमा प्रधानमन्त्रीको पोशाकबारे ध्यानाकर्षण गरिएको छ। राष्ट्रिय पोशाक कानुनी रूपमा अनिवार्य नभए पनि यस्ता संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको प्रतीकात्मक गरिमाप्रति सम्मान जनाउने स्थापित अभ्यास रहेको कांग्रेसले जनाएको छ।

कांग्रेसले लोकतन्त्रमा वैचारिक मतभेद र शैलीगत विविधता स्वाभाविक भए पनि राज्यका अंगहरूबीच पारस्परिक सम्मान, संसदीय संस्कार र संवैधानिक मर्यादाप्रति प्रतिबद्धता साझा राष्ट्रिय मूल्यका रूपमा कायम रहनुपर्ने उल्लेख गरेको छ।

पार्टीले संघीय संसदमा देखिएको उक्त व्यवहार संसदीय इतिहास र स्थापित परम्पराअनुकूल नरहेको ठहर गर्दै यस्ता अमर्यादित तथा अशोभनीय गतिविधिप्रति गम्भीर असहमति जनाएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १० : २८ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक