फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने « Khabarhub

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ । फुटबल इतिहासमै पहिलोपटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको विश्वकप फुटबल आज राति १२ः४५ बजे उद्घाटन हुनेछ ।

१९ जुलाईमा न्युयोर्कमा समापन हुने विश्वकपको सुरुवात तीनवटै आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोहसहित हुँदैछ । पहिलो उद्घाटन समारोह मेक्सिको सिटी स्टेडियम, दोस्रो क्यानाडाको टोरन्टो र तेस्रो उद्घाटन अमेरिकाको लस एन्जलसमा हुनेछ ।

मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाउँदै छन् । यसअघि ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए । त्यस्तै, प्रतियोगिता १६ सहरका १६ मैदानमा आयोजना हुनेछ । पछिल्ला संस्करणमा ६४ खेल हुँदै आएकोमा यसपटक फाइनलसहित १०४ खेल हुनेछन् ।

विश्वकपमा ब्राजिल लगातार २३औँपटक सहभागी हुँदै छ । पाँचपटकको विश्व च्याम्पियन ब्राजिलसँगै साबिक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्सलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ ।

यस्तै उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डन पहिलोपटक विश्वकप खेल्दै छन् । यी नयाँ टोलीसँगै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा पनि पहिलो जितको खोजीमा छन् ।

यस विश्वकपमा चारपटकको च्याम्पियन इटालीसँगै पोल्यान्ड, डेनमार्क, अफ्रिकी महारथी नाइजेरिया र क्यामरुनजस्ता चर्चित राष्ट्र भने छनोट हुन सकेका छैनन्  ।

४८ राष्ट्रमध्ये १० टिम अझै विश्वकपमा पहिलो जितको खोजीमा छन् । चार टिम विश्वकपमा डेब्यु गर्दै छन् भने ६ राष्ट्रले अहिलेसम्म जित निकाल्न सकेका छैनन् । चार देश उज्वेकिस्तान, केप भार्डे, कुराकाओ र जोर्डन पहिलोपटक विश्वकप खेल्दै छन् । यही चार टिमसँगै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा विश्वकपमा पहिलो जितको खोजीमा छन् ।

यसपटकको विश्वकपमा ब्राजिलका नेयमार, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बाप्पे, स्पेनका लामिन यमललगायत स्टार खेलाडी मैदानमा उत्रिँदै छन् ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ८ : ३० बजे

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज