म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण « Khabarhub

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले चालु आवको सालबसाली तीन वटै योजना निर्धारित समयअगावै सम्पन्न भएका जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित कालीगण्डकी नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको छ । रुप्से बिल्डर्स प्रालिले २७ लाख ९५ हजारमा ठेक्का पाएको यस योजनामार्फत २६ मिटर पक्की पर्खाल निर्माण भएको छ ।

एसके कन्ट्रक्सनले १४ लाख ९९ हजारमा ठेक्का पाएको बेनी नगरपालिका–४ सिंगा तातोपानी बस्ती संरक्षण योजनामार्फत माथिल्लो तातोपानी बजारस्थित खेलमैदान क्षेत्रमा तटबन्ध भएको छ ।

हरिवर तिवारी निर्माण सेवाले २६ लाख ८० हजारमा ठेक्का पाएको मङ्गला गाउँपालिका–२ सिममा म्याग्दी नदी नियन्त्रण योजना पनि सम्पन्न भएको छ । उक्त योजनामार्फत सिमस्थित म्याग्दी नदीको किनारमा ४६ मिटर दूरीमा ग्यावियन पर्खाल निर्माण भएको छ ।

सिमका बासिन्दा ध्रव केसीले तटबन्ध गरेपछि कटान रोकथाम भई बस्ती र खेतीयोग्य जमिन संरक्षण भएको बताए । तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिनलाई कटान र बाढीबाट जोगाउन योजनालाई निरन्तरता दिनुपर्ने केसीले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ९ : १९ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने